सत्ता कब्जा गर्न विप्लबका कलाकार खुकुरीमा साँन लाउँदै

देवी प्रसाद खनाल । प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५

विप्लबको नेकपाको सांस्कृतिक समूह सेन च्याङ सांस्कृतिक परिवारले नयाँ क्रान्तिकारी दमदार गीत चमचम गर्ने खुकुरी सान लाउने बेला भो बोलको गीतले यतिबेला बजार तताएको छ । भ्रष्टाचारीहरु, देशका दलाल नोकरशाहहरु अझै पनि पत्तासाफ हुन नसकेको र उनीहरुलाई मास्नलाई फेरि पनि अर्को युद्ध लड्ने बेला भयो भन्दै गीतमा राष्ट्रघाती कालो सत्तालाई कब्जा गर्ने र लुटाहाको जाली संसारलाई ध्वस्त पार्ने सन्देश दिन खोजिएको छ ।

अहिलेको सत्ता पनि पुरानै राजसंस्था जस्तै मक्किएको भन्दै तुफान सँग खेल्ने अनि विस्फोटहरु गर्ने बेला र एम्बुस थाप्ने बेला भएको सन्देश दिइएको छ । अब छिट्टै अर्को क्रान्तिको सुरु हुने बेला भएकोले जनताहरुलाई दुस्मनसँग भिड्नको लागि तयार हुन आह्वान गरिएको छ ।

हेर्नुहोस् भिडियोः