वाह ! क्या सुखी नेपाली !

कविता

संजय छेत्री । प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५

थाकेनन् नेता
ढ्वाङ फुक्ता
शुन्दर, शान्त !
समृद्ध नेपाल !
सुखी नेपालीको
अनि
नयाँ युगको प्रारम्भ भन्नलाई
यसैभित्र लुकाउँछन
सिनु झैं कुहिएका
भ्रष्ट, बलात्कारी र तस्करीलाई
वाह ! गजबको शुन्दर,
शान्त, समृद्ध नेपाल !
वाह ! क्या सुखी नेपाली !