रणनीति र कार्यनीतिको सवालबारे

जोसेफ स्टालिन । प्रकाशित मिति : आइतवार, पुस २९, २०७५

४) कार्यनीति
कार्यनीति रणनीतिको एक अंश हो, त्यसैको मातहतमा हुन्छ र त्यसैको सेवा गर्छ । कार्यनीतिको सिंगै युद्धसँग सम्बन्ध हुँदैन, तर कुनै खास घटना, लडाई तथा मुठभेडसँग सम्बन्ध हुन्छ । रणनीतिको उद्देश्य युद्ध जित्नु हो अथवा भनौं कि जारशाहीको विरुद्ध अन्त्यसम्म संघर्ष गर्नु हो । यसको विपरित कार्यनीतिको उद्देश्य खास मुठभेड तथा लडाईहरु जित्नु हो, खास अभियान या कार्बाही सफलतापूर्वक संचालन गर्नु हो, जुन कुराहरु खास कालको संघर्षका ठोस परिस्थितिसाग लगभग मिल्दाजुल्दा हुन्छन् ।

कार्यनीतिको सबैभन्दा महत्वपूर्ण काम कुनै खास कालका ठोस अवस्थासँग सबभन्दा बढी मिल्दा जुल्दा संघर्षका बाटो र उपायहरु तथा रुप र तरिकाहरु निर्धारण गर्नु हो, जुन कुराहरु रणनीतिक सफलताको बाटो तयार गर्न सबभन्दा बढी जिम्मेवार हुन्छन् । फलतः कार्यनीतिको कार्य र परिणामलाई अलग रुपमा हेर्नु हुँदैन तिनीहरुको तात्कममालिक प्रभावको दृष्टिकोणबाट पनि हेर्नु हुँदैन । बरु रणनीतिका उद्देश्य र संभावनाहरुको दृष्टिकोणबाट हेरिनुपर्छ ।

यस्ता समयहरु पनि छन्, जुन बेला कार्यनीतिक सफलताले रणनीतिक लक्ष्य प्राप्त गर्न सुगम बनाएको छ । उदाहरणको निम्ति, १९१९ को अन्त्यतिर देनिकिन मोर्चालाई लिन सकिन्छ । जब हाम्रो सेनाले ओरेल र भोरोनेक मुक्त गर्यो, जब हाम्रो घोडचढी सेनाले भोरोनेकमा र पैदल सेनाले ओरेलमा सफलता प्राप्त गर्यो, तब यसले रोस्तोभमा प्रहार केन्दित गर्नका निम्ति अनुकूल स्थिति सृष्टि गर्यो । यस्तै घटना रुसमा अगस्त १९९७ मा पनि भएको थियो । जब पेत्रोग्राद र मास्को सोभियत बोल्सेभिकहरुको पक्षमा आए र त्यहाँ नयाँ राजनीतिक परिस्थितिको सृजना भयो, त्यसले अक्टोबरमा हाम्रो पार्टीले चलाएको प्रहारलाई सुगम बनाइदियो ।

यस्ता समयहरु पनि छन्, जुन बेला रणनीतिक संभावनाको आधारबाट होइन कि तात्कालिक प्रभावको दृष्टिबाट प्राप्त ठूलाठूला कार्यनीतिक सपफलताहरुले सम्पूर्ण आन्दोलनको निम्ति घातक सिद्ध हुने ‘अवान्छनीय’ परिस्थिति सृष्टि गरेका छन् । यस्तो घटना १९१९ को अन्त्यतिर देनिकिनसँग भएको थियो । मास्को तर्फको दूत एवं चमत्कारपूर्ण अघि बढाईमा सजिलैसाग प्राप्त सफलताहरुले मातिएर उसले (देनिकनले अनु) आफ्नो मोर्चालाई भोल्गा देखि पनि परसम्म फैलाई दियो । यसले गर्दा उसको फौजका लागि पराजित हुने बाटो तयार भयो । यस्तौ घटना १९२० मा पोलहरुसँगको युद्धमा पनि भएको थियो । पोल्याण्डको राष्ट्रिय तत्वको वागनलाई कम आँक्दै अनि चमत्कारपूर्ण अघि बढाईमा सजिलै गरी प्राप्त सफलताहरुले फुर्किएर हामीले आफ्नो तागतले नभ्याउने काम वार्सा हुँदै युरोपतिर प्रवेश गर्ने काम गर्यौं । यसले गर्दा सोभियत सेनाको विरुद्ध पोलिस जनताको विशाल बहुसंख्या गोलवन्द भयो र मिन्स्क र जितोमिरमा सोभियत सेनाको विजयलाई निष्फल पार्ने परिस्थिति श्रृष्टि भयो । यसले परिश्चममा सोभियत सरकारको प्रतिष्ठा घटाइदियो ।

अन्त्यमा, यस्ता समयहरु पनि आउँछन्, जुन बेला कार्यनीतिक सफलताहरुलाई उपेक्षा गर्नु पर्ने हुन्छ । भावी रणनीतिक सफलता सुनिश्चित गर्नको लागि जानाजान कार्यनीतिक नोक्सानी र प्रतिकूलता बेहोर्नु पर्ने हुन्छ । यस्तो कुरा प्रायः युद्धको बेला हुन्छ । जब एक पक्षले आफ्ना सैनिक कार्यकर्ताहरुलाई शत्रूको बलियो शक्तिको भीषण आक्रमणबाट जोगाउन तिनीहरुलाई पछि हटाउन चाहन्छ, त्यसबेला उसले व्यवस्थितरुपले पछि हट्ने काम शुरु गर्छ र भविष्यका नयाँ निर्णायक लडाईहरुको निम्ति समय प्राप्त गर्न र आफ्नो सेनालाई एकत्र पार्न सम्पूर्ण शहर र क्षेत्रहरु लड्दै नलडिकन छोडि दिन्छ । यस्तो घटना रुसमा १९१८ मा जर्मन आक्रमणको बेला भएको थियो । त्यसबेला हाम्रो पार्टी शान्तिको लागि लालायित भएका किसानहरुसँग एकता कायम गर्न, थकाइ मार्न, नयाँ सेना निर्माण गर्न अनि यसरी भविष्यमा रणनीतिक सफलता सुनिश्चित गर्न व्यस्त शान्ति स्वीकार गर्न बाध्य भयो । तात्कालिक राजनीतिक प्रभावको दृििष्टकोणबाट यो एउटा ठूलो हार थियो ।

अर्को शब्दमा भन्ने हो भने कार्यनीतिलाई समयको अल्पकालिक हितको अधीनस्थ राख्नु हुँदैन, तिनीहरुलाई तात्कालिक राजनीतिक प्रभावको दृष्टिकोणबाट निर्देशित गर्नु हुँदैन, अझ ठोस जग छोडेर हावामा महल बनाउनु त कुनै हालतमा पनि हुँदैन । कार्यनीति रणनीतिको उद्देश्य र सम्भावनाहरुको आधारमा तयार गरिनुपर्छ ।

कार्यनीतिको काम प्रधानतः रणनीतिको आवश्यकता अनुसार सम्पूर्ण मुलुकका मजदूरहरुका क्रान्तिकारी संघर्षका अनुभवलाई ध्यानमा राखेर कुनै खास समयको ठोस परिस्थितिसँग सबभन्दा बढी मिल्दा संघर्षका रुप र तरिकाहरु निर्धारण गर्नु हो ।

५) संघर्षका रुपहरुः
युद्धका तरिका र रुपहरु सदासर्वदा एउटै हुँदैनन् । तिनीहरु विकासको अवस्था अनुसार, प्रभमतः उत्पादनको विकास अनुसार परिवर्तन हुन्छन् । लडाईका तरिकाहरु नेपोलियन तृतीयको समयमा भन्दा जंगेज खाँको समयमा भिन्नै थिए, तिनीहरु उन्नाइसौं शताब्दीको भन्दा बीसौं शताब्दीमा भिन्नै छन् ।

आधुनिक जमानाको युद्ध कलामा लडाइका सबै रुपहरु र यस क्षेत्रमा विज्ञानका सबै उपलब्धीहरुमा दक्षता प्राप्त गर्ने, तिनीहरुलाई बुद्धिमत्तापूर्वक उपभोग गर्ने, एक अर्कासँग दक्षतापूर्वक तालमेल मिलाउने, वा परिस्थितिको माग अनुसार तिनीहरुको एउटा या अर्को रुपलाई सामयिक रुपले उपयोग गर्ने कुराहरु पर्छन् ।

राजनीतिको क्षेत्रमा पनि संघर्षका रुपहरुको सम्बन्धमा यही कुरा लागू हुन्छ । लडाईको क्षेत्रमा भन्दा राजनीतिको क्षेत्रमा संघर्षका रुपहरुमा झन बढी विविधता हुन्छ । तिनीहरु आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको विकास, वर्गहरुको अवस्था, प्रतिद्वन्दी शक्तिहरुको सम्बन्ध, सरकारको किसिम र अन्त्यमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा यस्तै अन्य कुराहरुको आधारमा परिवर्तन हुन्छन् । निरंकुशता अन्तर्गत आंशिक हड्तान र मजदूर प्रदर्शनहरुसँग संयोजन गर्दै संघर्षको गैर कानुनी रुप, ‘कानुनी संभावना’ विद्यमान हुँदा संघर्षको खुल्ला रुप र मजदूरहरुका आम राजनीतिक हड्ताल, कुनै खास बेलामा यस्तो कि दुमाको समयमा संघर्षको संसदीयरुप र कहिलेकाही सशस्त्र विद्रोहमा विकसित हुने जनसंघर्षको गैर संसदीयरुप र अन्त्यमा सर्वहारावर्गले सत्ता कब्जा गरी सकेर सैन्य शक्ति लगायत राज्यका सम्पूर्ण श्रोत र शक्तिहरु उपयोग गर्ने अबसर प्राप्त गरीसकेपछि संघर्षको राजकीय रुपहरु नै सामान्यतया सर्वहारा वर्गका क्रान्तिकारी संघर्षका व्यवहारिक अनुभवले हुर्काएका संघर्षका रुपहरु हुन् ।

पार्टीको काम संघर्षका यी सबै रुपहरुमा निपूर्णता प्राप्त गर्नु, तिनीहरुलाई बुद्धिमत्तापूर्वक लडाईको मैदानमा लागू गर्नु र संघर्षको गतिलाई तीब्र पार्नको निम्ति कुनै खास स्थितिसँग विशेषरुपले मिल्दा रुपहरुलाई कुशलतापूर्वक उपयोग गर्नु हो ।

क्रमश…