नेपालले सिक्नै पर्ने, सिक्किमका मुख्यमन्त्री चाम्लिङद्वारा बीस हजार बेरोजगारलाई दिइयो नियुक्तिपत्र

स्वर्णिम गुरुङ । प्रकाशित मिति : आइतवार, पुस २९, २०७५

सिक्किम/ १२ जनुवरी २०१९ सिक्किमको राजधानी गान्तोक शहरको पाल्जर स्टेडियममा राज्यको मुख्यमंत्री श्री पवन कुमार चाम्लिङद्वारा एउटा स्वर्णिम इतिहास रचियो । सिक्किममा मात्रै नभएर विशाल भारतमा नै सर्वप्रथम भएको यो ऐतिहासिक घटनामा सिक्किम राज्यका विभिन्न क्षेत्रमा बसोवासो गर्ने एक घर एक सरकारी जागिर लगाउने नीति अनुसार बीस हजार शिक्षित र न्युन शिक्षित बेरोजगार यूवाहरूलाई आफ्नो शैक्षिक योग्यता अनुसार सरकारी जागिरको नियुक्ति पत्र सम्मानीय मुख्यमन्त्री श्री पवन कुमार चाम्लिङको बाहुलीबाट बेरोजगार मेला २०१९ को आयोजना गरी वितरण गरियो ।

शायद विश्व मैं पहिलो घटना हुन गएको यो घटनाको मूल उदेश्य एक परिवार एक सरकारी जागिर रहेको बताउनु हुँदै हरेक घर, जहाँ सरकारी जागिरे कोही नभएको र राज्यका समस्त जनताले नै सरकारी सहुलियत, नागरिक हुनुको सम्मान र खुसी पाउनु पर्छ भन्ने मन्तव्य राख्नु हुँदै यो कार्यले जनता लाभान्वित भएको जसले राज्य मात्रै नभई देशले नै थप प्रगति गर्न सक्ने मन्तव्य आफ्नो वक्तव्यमा राख्नु भो ।

भारतको सिक्किम राज्यमा भएको यस घटनाबाट पाठ सिक्दै भर्खरै मात्र संघीय संरचनामा प्रवेश गरेको नेपालले पनि केन्द्र देखि संघ, प्रदेशसम्म यस्तै सिस्टम लागू गर्दै बेरोजगार जनतालाई बेरोजगार भत्ता देखि देशमा सरकार रहेको अनुभूति हुन सक्ने वातावरण सिर्जना गर्नुका साथै एक घर एक सरकारी जागिरे नागरिक उत्पादन गर्नु आवश्यक देखिन्छ । स्वर्णिम गुरुङ , सिक्किम