मुक्तक

पुरुषोत्तम पौडेल । प्रकाशित मिति : आइतवार, पुस २९, २०७५

एकै छिन मारौँ कि वात हजुर सङ्ग
कि काटौं म यतै रात हजुर सङ्ग

पिउने रहर छ मलाई सधैं
मागेर मायाको मात हजुर सङ्ग

प्रेममा नचल्ने धोका मात्र हो
के बार्नु यो जाबो जात हजुर सङ्ग

धड्किञ्छ यो मुटु हजुरकै निम्ति
आतुर छन मिल्न यी हात हजुर सङ्ग

डर मान्नु पर्दैन साक्षी ईश्वर छन
हुदैन म बाट घात हजुर सङ्ग

पुरुषोत्तम पौडेल
रसुवा