गुरु अनि शिष्य

लघु कथा

कृष्ण शर्मा ‘सुमु’ । प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५

बाघ र बिरालो मामा भानिज । बाघ मामा कि बिरालोरुहुनू सक्छ बिरालो मामा होला ।
एक दिन मामा भानिज जंगलमा खेल्दै थिए । अचानक बिरालोको चतुर्‍याइँ, सिकार गर्ने तरिका, बुद्धि, क्षमता आदि देखेर बाघले बिरालो बाट शिक्षा लिने भयो ।

भनौ न बिरालोलाई गुरु मानी शिक्षा ग्रहण गर्नु थाल्यो।बिरालोले पनि खुब मेहनत गरेर शिक्षा दिनु थाल्यो।यसरी शिक्षा लिने र दिने काम समाप्त भए पछि दुवै जंगल तिर सिकारको निम्ति निस्के।

बिरालोले त साना साना सिकार गरेर आफ्नु पेट भरि हाल्यो तर बाघले दिन भरि सिकार खोज्दा नपाए पछि निरास खाली पेट बिरालो भएकोमा आई पुग्यो ।

बिरालोलाई देख्ने साथ बाघको मनमा झन भोक बढेर गयो,।होस आज यहि बिरालोलाई खाएर आफ्नु प्राण बचाउनु पर्छ भनी राखेर बिरालोको नजिक नजिक गयो ।

बिरालो चतुरो थियो, बाघको चाल टाडो बाट नि बुझि सकेको थियो। बिरालो रुखमा चढयो । बाघ फनफनी रुख मुनि घुम्न थाल्यो ।
भानिज मलाई थाहा थियो, यदि सम्पुर्ण शिक्षा तिमीलाई दिएको भए आज गुरुको बलि चढने थियो ।
यसै लागि तिमीलाई सबै शिक्षा दिए तर रुख चढने शिक्षा दिईन।

यदि गुरुले आत्मा समानाको अधिकार न राखे गुरु र शिष्यमा अन्तर हुने थिएन । भानिज मलाई माफ गर म गुरु भएको नातामा मैले पनि आफ्नु बाँच्ने अस्त्र राखेको थिए।