रणनीति र कार्यनीतिको सवालबारे

जोसेफ स्टालिन । प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५

यो लेख मैले विभिन्न समयमा प्रेस्न्यष जिल्लाको मजदूर क्लब र स्वेर्दलोभ विश्व विद्यालयको कम्युनिष्ट ग्रुपको सामु ‘रसियाली कम्युनिष्टहरुको रणनीति र कार्यनीति’ भन्ने विषयमा दिएको भाषणहरुमा आधारित छ । मैले यसलाई स्वेर्दलोभका कमरेडहरुको इच्छा पूर्ति गर्ने आफ्नो कर्तब्य पुरा गर्न मात्र प्रकाशित गर्ने निर्णय गरिएको होइन, बरु यसले हाम्रा नयाँ पिढिका पार्टी कार्यकताहरुलाई पनि सहयोग पुर्याउने छ भन्ने मलाई लागेको छ । जे होस्, म यहाँ के कुरा बताउन आवश्यक ठान्छु भने रसियाली पार्टी प्रकाशनमा हाम्रा नेतृत्वकारी कमरेडहरुले जुन कुरा धेरै पटक भनि सक्नु भएको छ, त्यसको तुलनामा यस लेखले सारांशमा कुनै नयाँ कुरा अगाडि सारेको दावी गर्ने छैन । वर्तमान लेखलाई कमरेड लेनिनका आधारभूत बिचारहरुको ठोस र व्यवस्थित व्याख्याको रुपमा लिनु पर्छ ।

प्रारम्भिक धारणाहरुः
१) मजदूरवर्गको आन्दोलनका दुई पक्षहरुः
राजनीतिक रणनीति र कार्यनीति मदूरवर्गको आन्दोलनसँग सम्बन्धित छन् । तर मजदूरवर्गको आन्दोलन मै पनि दुईटा तत्व रहेका हुन्छन्ः बस्तुगत वा स्वतस्फूर्त तत्व र आत्मगत वा सचेत तत्व । वस्तुगत अर्थात स्वतस्फूर्त तत्व भनेको सर्वहारावर्गको सचेत र परिचालक इच्छा भन्दा स्वतन्त्र प्रक्रियाहरुको समूह हो । मलुकको आर्थिक विकास, पूँजीवादको विकास, पुरानो शासन व्यवस्थाको विघटन, सर्वहारावर्ग र यसको वरीपरिका अन्य वर्गका स्वतस्फूस्र्त आन्दोलनहरु, वर्गहरु बीचको संघर्ष आदि सबै यस्ता घटनाहरु हुन् । जसको विकास सर्वहारावर्गको इच्छामाथि भर पर्दैन । यो आन्दोलनको वस्तुगत पक्ष हो । यी प्रकृयाहरुसँग रणनीतिको कुनै सम्बन्ध रहँदैन, किनभने यसले न त तिनीहरुलाई रोक्न सक्छ न बदल्नै सक्छ । यसले केवल तिनीहरुलाई ध्यानमा राख्न सक्छ र तिनीहरु मार्फत् अगाडि बढ्न सक्छ । यो माक्र्सवादको सिद्धान्त र माक्र्सवादको कार्यक्रमको आधारमा अध्ययन गर्नैपर्ने क्षेत्र हो ।

तर आन्दालनको आत्मगत अर्थात् सचेत पक्ष पनि हुन्छ । आन्दोलनको आत्मगत पक्ष भनेको मजदूरहरुको दिमागमा आन्दोलनका स्वतस्फूर्त प्रकृयाहरुको प्रतिविम्व हो, यो एउटा निश्चित लक्ष्य प्राप्तीको निम्ति सर्वहारावर्गको सचेत र सुव्यवस्थित आन्दोलन हो । आन्दोलनको यो पक्ष हाम्रो चासोको विषय हो । किनभने वस्तुगत पक्ष भन्दा भिन्न, यसलाई पूर्णरुपले रणनीति र कार्यनीतिले सिधै प्रभाव पार्न सकिन्छ । रणनीतिले आन्दोलनका वस्तुगत प्रकृयाहरुको बाटोलाई परिवर्तन गर्न सक्दैन, तर यसको विपरित, आन्दोलनको आत्मगत अर्थात् सचेत पक्षको सम्बन्धमा भने रणनीतिको प्रयोगको क्षेत्र व्यापक र विविध छ । किनभने रणनीतिले आन्दोलनलाई तेज या शीथिल पार्न सक्छ, आफ्नो पूर्णता या कमजोरीको कारणले यसले आन्दोलनलाई सबभन्दा छोटो बाटोबाट लैजान सक्छ या झन् अप्ठ्यारो र कष्टकर बाटोतिर मोड्न पनि सकिन्छ ।

२) मार्क्सवादको सिद्धान्त र कार्यक्रमः
रणनीतिले आन्दोलनको वस्तुगत प्रकृयाको बारेमा अध्ययन गर्दैन । तैपनि आन्दालनको नेतृत्वलाई ठूलो तथा घातक गल्ती गर्नबाट जोगाउने हो भने यसले तिनीहरुको बारेमा जानकारी राख्नै पर्छ र तिनीहरुलाई ठीकसँग ध्यान दिनै पर्छ । आन्दोलनका वस्तुगत प्रकृयाहरु, सर्व सर्वप्रथम मार्क्सवादको सिद्धान्त र माक्र्सवादको कार्यक्रमको आधारमा अध्ययन गरिन्छ । त्यसकारण, रणनीतिले आफूलाई पूर्णरुपले माक्र्सवादको सिद्धान्त र कार्यक्रमले दिएको तथ्यांक माथि आधारित पार्नु पर्छ ।

पूँजीवादको विकास र पतनको क्रममा यसका वस्तगत प्रकृयाहरुको अध्ययनबाट माक्र्सवादको सिद्धान्तले के निष्कर्ष निकालेको छ भने बुर्र्जुवावर्गको पतन हुनु र सर्वहारावर्गले सत्ता कब्जा गर्नु अपरिहार्य छ र पूँजीवादको ठाउँ अनिवार्यरुपमा समाजवादले लिनेछ । सर्वहारा रणनीतिलाई त्यसबेला मात्र सच्चा माक्र्सवादको आधारभूत निस्कर्षमा आधारित हुन्छन् ।

सिद्धान्तको तथ्यांकबाट अगाडि बढ्दै मार्क्सवादको कार्यक्रमले सर्वहारा आन्दोलनका उद्देश्यहरु निश्चित गर्छ, जसलाई कार्यक्रमका बुँदाहरुको रुपमा वैज्ञानिक ढंगले सूत्रबद्ध गरिएको हुन्छ । यस्तो कार्यक्रम पूँजीवादका विकासको सम्पूर्ण अवधि ओगट्ने गरी तर्जुमा गर्न सकिन्छ र यसो गर्दा पूाजीवादको विनास र समाजवादी उत्पादनको संगठनलाई ध्यानमा राखेर गरिन्छ अथवा पूाजीवादको विकासको एउटा निश्चित अवस्थालाई मात्र ध्यानमा राख्निछ । उदाहरणको निम्ति, सामन्ती–निरंकुशताका अवशेषहरुको उन्मूलन गर्नु र पूँजीवादको स्वातन्त्रताको निम्ति अनुकूल स्थितिको श्रृजना गर्नुलाई लिन सकिन्छ । यसबाट के स्पष्ट हुन्छ भने कार्यक्रमका दुई भाग हुन सक्छन्ः अधिकतम र न्युनतम । के कुरा भनिरहन पर्दैन भने कार्यक्रमको न्युनतम भागको रणनीति अधिकतम भागको रणनीति भन्दा अनिवार्यरुपले फरक हुन्छ । कुनै एउटा रणनीतिलाई त्यसबेला मात्र सच्चा माक्र्सवादी भन्न सकन्छि । जब त्यो आफ्ने कार्वाहीमा मार्क्सवादको कार्यक्रमद्वारा निर्धारित आन्दोलनको उद्देश्यद्वारा निर्देशित हुन्छ ।

३) रणनीतिः
रणनीतिको सबैभन्दा महत्वपुर्ण काम मजदूरवर्गको आन्दोलनले लिनुपर्ने मुख्य दिशा निर्धारित गर्नुको साथै सर्वहारावर्गले सबभन्दा प्रभावकारीरुपले आफ्नो दुश्मनलाई मुख्य प्रहार केन्द्रीत गर्नु हो । रणनीतिका योजना भनेको सबभन्दा बढी उपलब्धि प्राप्त गर्ने दिशातिर निर्णायक प्रहार संगठित गर्ने योजना हो ।

राजनीतिक रणनीतिका प्रमुख विशेषताहरुलाई सैनिक रणनीतिसँग दाँजेर सजिलैसाग वर्णन गर्न सकिन्छ । उदाहरणको लागि, गृहयुद्धको बेला देनिकिनसँग भएको लडाईलाई लिन सकिन्छ । १९१९ को अन्त्यतिर देनिकिनका सेनाहरु तुलाको नजिकै खडा रहेको कुरा हरेकको स्मृतिमा ताजै छ । त्यसबेला हाम्रा सैनिक कार्यकताहरुमा देनिकिनका फौजलाई कुन विन्दुबाट निर्णायक प्रहार गर्ने भन्ने सवालमा एउटा चाख लाग्दो विवाद छेडिएको थियो । केही सैनिक कार्यकर्ताहरुले के प्रस्ताव ल्याए भने जारिजिन–नोभोरोसिक दिशालाई प्रहारको मुख्य दिशा छानियोस् । यसको उल्टो अरुहरुले के प्रस्ताव राखे भने निर्णायक प्रहार भोरोनेक–रोस्तोभ दिशाबाट गरियोस र यस दिशाबाट अगाडि बढ्दै देनिकिनको फौजलाई दुई फ्याकमा टुक्र्याइयोस्, अनि त्यसपछि प्रतयेक हिस्सालाई अलग अलग पारेर नष्ट गरियोस् । निसन्देहः पहिलो योजनाका आफ्नै राम्रा पक्षहरु थिए । त्यसले नोभोरोसिक कब्जा गर्न संभव बनाउँथ्यो र देनिकिनको फैजको पछि हटाईलाई काटिदिन्थ्यो । तर त्यो एकातिर त्रुटिपूर्ण थियो ।

किनभने त्यसले हाम्रो अगाडि बढ्ने कामलाई सोभियत सत्ता प्रति शत्रुता राख्ने जिल्ला भएर लाने कुरा सोचेको थियो । यसो गर्दा ठूलो नोक्सानी ब्यहोर्नु पर्थ्यो, त्यो खतरापूर्ण पनि थियो । किनभने त्यसले देनिकिनको फौजलाई तुला र सेर्पुखोभ हुँदै मास्कोको लागि बाटो खोलि दिन्थ्यो । मुख्य प्रहारको लागि एकमात्र सही योजना दोश्रो नै थियो । किनभाने एकातर्फ त्यसले हाम्रो मुख्य दलको अगाडि बढ्ने कामलाई सोभियत सत्ताप्रति मित्रतापूर्ण रुख अपनाउने जिल्लाहरु (भोरोनेक गुवेर्निया–डोनेटस्–बेसिन) हुँदै लैजाने कुरा सोचेको थियो र त्यसकारण त्यति ठूलो नोक्सानी बेहोर्नु पर्ने थिएन । अर्कोतिर त्यसले मस्को तर्फ अगाडि बढिरहेको देनिकिनको फौजको मुख्य दलको कार्वाहीलाई छिन्नभिन्न पारिदिन्थ्यो । बहुसंख्यक सैनिक कार्यकर्ताहरु दोश्रो योजनाको पक्षमा उभिए र त्यसले देनिकिनसँगको लडाईको भाग्य निर्धारित गर्यो ।

अर्को शब्दमा भन्ने हो भने मुख्य प्रहारको दिशा निर्धारित गर्नु भनेको युद्धको सम्पूर्ण अवधिभरिको लागि कार्वाहीको प्रमृति अगाडि नै निश्चित गर्नु हो, अर्थात सम्पूर्ण युद्धको परिणाम दशको नवांश अग्रीमरुपमै निश्चित गर्नु हो । रणनीतिको काम यही नै हो ।
राजनीतिक रणनीतिको बारेमा पनि यही कुरा लागू हुन्छ । रसियाली सर्वहारा वर्गको नेताहरुको बीचमा सर्वहारा आन्दोलनको मुख्य दिशाको सवाललाई लिएर पहिलो गंभीर मतभेद २० औं शताब्दको शुरुमा रुस–जापान युद्धताका देखापरेको थियो । त्यसबेला, जस्तो कि हामीलाई थाहै छ, हाम्रो पार्टीको एउटा हिस्सा (मेन्सेभिकहरु)ले कस्तो विचार अगाडि सार्यो भने जारशाही विरुद्धको संघर्षमा सर्वहारा आन्दोलनको मुख्य दिशा सवृहारावर्ग र उदारवादी बुर्जुवावर्गको, संश्रयको दिशाबाट हुनुपर्छ । यहाँ किसान वर्गलाई अलग गरियो अथवा एउटा प्रमुख क्रान्तिकारी तत्वको रुपमा योजनाबाट झण्डै पूर्णरुपले अलग गरियो र आम क्रान्तिकारी आन्दोलनको नेतृत्वकारी भूमिका खेल्ने जिम्मेवारी उदारवादी बुर्जुवा वर्गलाई सुम्पियो । पार्टीको अर्को हिस्साले (बोल्सेभिकहरुले) यसको विपरित के कुरा अगाडि ल्यायो भने मुख्य प्रहार सर्वहारावर्ग र किसानवर्गको बीचको संश्रयको दिशाबाट हुनुपर्छ र आम क्रान्तिकारी आन्दालनको नेतृत्वकारी भूमिका सर्वहारावर्गका काँधमा सुम्पिनु पर्छ तथा उदारवादी बुर्जुवावर्गलाई तटस्थ पार्नु पर्छ ।

यदि हामीले यस शताब्दीको थालनी देखि १९१७ को फरवरी क्रान्तिसम्मको हाम्रो सम्पूर्ण क्रान्तिकारी आन्दोलनलाई जारशाही र जमिनदार विरोधी मजदूर तथा किसानहरुको युद्धको रुपमा लिएर यसलाई देनिकिन विरोधी युद्धसँग दाँजेर हेर्ने हो भने, के कुरा स्पष्ट हुन जान्छ भने जारशाही र जमिनदारहरुको भविष्य धेरै मात्रामा दुईटा रणनीतिक योजना (मेन्सेभिक वा वोल्सेभिक)को निर्धारण र क्रान्तिकारी आन्दोलनको मुख्य दिशाको चुनावमा भर पर्थ्यो ।

जसरी देनिकिनको सैनिक रणनीति विरुद्धको युद्धमा प्रहारको मुख्य दिशा निश्चित गर्ने कुराले देनिकिनको फैज निर्मूल पार्नुको साथै पछिल्ला सबै कार्वाहीको दशको नवांश स्वरुप निर्धारण गर्यो, त्यसरी नै जारशाही विरुद्ध क्रान्तिकारी संघर्षको क्षेत्रमा, हाम्रो राजनैतिक रणनीतिले क्रान्तिकारी आन्दोलनको मुख्य दिशा निश्चित गर्दा बोल्सेभिक योजनालाई अनुशरण गर्नाले रुस, जापान युद्धको बेला देखि १९१७ को फरबरी क्रान्तिसँगको जारशाही विरुद्धको सिधा संघर्षको सम्पूर्ण कालमा हाम्रो पार्टी कामको स्वरुप निर्धारण गर्यो ।
राजनीतिक रणनीतिकको काम प्रधानतः मार्क्सवादको सिद्धान्त र कार्यक्रमले उपलब्ध गरेको तथ्यांकको आधारमा सबै देशका मजदूरहरुको क्रान्तिकारी संघर्षको अनुभवलाई ध्यानमा राखेर कुनै खास मुलुकको खास ऐतिहासिक अवधिमा सर्वहारावादी आन्दोलनको मुख्य दिशा सही ढंगले निर्धारण गर्नु हो ।

क्रमशः…