जमाना स्मार्ट फोनको, चर्चा फाइभजीको

प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५

काठमाडौँ/ हरेक वर्ष प्रविधिका हिसाबले पनि नयाँ रहँदै आएको छ । अघिल्लो वर्ष सामाजिक सञ्जालमा प्रयोगकर्ताको गोपनीयताको विषय व्यापक रुपमा बहस भयो । आगामी वर्ष भने फाइभजी स्मार्टफोनको चर्चा हुने अनुमान गर्न गाह्रो छैन किनकि एप्पलबाहेक चल्तीका सबै कम्पनीले सन् २०१९ मा फाइभजी प्रविधि सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक गर्दैछन् ।

र, विश्वका केही सहरहरुमा फाइभजी नेटवर्कको परीक्षण हुन सक्ने सम्भावना पनि छ । फाइभजी विश्वभर तीव्र प्रतीक्षा गरिएको प्रविधिमा पर्छ । यो वर्ष सार्वजनिक हुन सक्ने फाइभजी स्मार्टफोन कुन–कुन हुन् ?

वान प्लस सेभेन
महँगा स्मार्टफोन बजारमा वान प्लस बलियो प्रतिस्पर्धी हो र कम्पनीले यो वर्ष फाइभजी प्रविधि सपोर्ट गर्ने वान प्लस सेभेन फोन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । यसमा अमेरिकी कम्पनी क्वालकमले निर्माण गरेको स्न्यापड्रयागन ८५५ चिपसेट प्रयोग हुनेछ । फाइभजी प्रविधि मिल्ने गरी यसको निर्माण गरिएको हो । तर, वान प्लस सेभेनको मूल्य अहिले चल्तीका स्मार्टफोनको भन्दा तेब्बर महँगो हुन सक्ने कम्पनीले जनाएको छ ।

हुवावे थर्टी प्रो
चिनियाँ कम्पनी हुवावे फाइभजी स्मार्टफोनमा मात्रै नभई फाइभजी नेटवर्कको दौडमा पनि अघि छ । कम्पनीले आगामी वर्ष फाइभजी नेटवर्कका लागि विश्वका धेरै सहरमा काम गर्दैछ । उसले फाइभजी सपोर्ट गर्ने आफ्नै चिप पनि घोषणा गरिसकेको छ । यो वर्ष हुवावेले फाइभजी सपोर्ट गर्ने थर्टी प्रो स्मार्टफोन बजारमा ल्याउने अपेक्षा छ । यसमा किरिङ ९८० प्रोसेसर प्रयोग हुनेछ । उसको स्मार्टफोनको पछिल्लो भागमा चार वटा क्यामेरा रहनेछन् ।

एमआई मिक्स थ्री
चिनियाँ उत्पादक साओमीले डिसेम्बरमै फाइभजी सपोर्ट गर्ने दाबी गरिएको साओमी मिक्स थ्री घोषणा गरिसकेको छ । यसमा स्न्यापड्रयागन ८५५ चिप र एक्स फिप्टी फाइभजी मोडम प्रयोग गरिएको छ । मोबाइलले प्रतिसेकेन्ड २ जीबी डाउनलोड गर्न सक्ने कम्पनीको दाबी छ । एमआई मिक्स थ्री यो वर्षको मध्यतिर युरोपका लागि सार्वजनिक हुने अपेक्षागरिएको छ ।

ओप्पो आर फिप्टिन प्रो
ओप्पो पनि फाइभजीको दौडमा अघि छ । कम्पनीले यसअघि नै चिप निर्माता क्वालकमसँग सहकार्यको घोषणा गरिसकेको छ । उसले आफ्नोआर फिप्टिन प्रो स्मार्टफोनको प्रयोग गरी फाइभजी नेटवर्कमार्फत एकै पटक धेरै व्यक्तिसँग भिडियो कलको परीक्षण गरेको थियो । विच्याटमार्फत धेरै व्यक्तिलाई एकै पटक भिडियो कल गर्न सकिने गरी परीक्षण गर्दै कम्पनीले फाइभजी स्मार्टफोनको दौडमाआफ्नो उपस्थिति देखाएको हो । ओप्पोको फाइभजी सपोर्ट गर्ने फोन यो वर्ष बजारमा आउने अपेक्षा छ ।

सामसुङ ग्यालेक्सीएस टेन
यो वर्ष फाइभजी प्रविधिसपोर्ट गर्ने स्मार्टफोन सार्वजनिकगर्ने घोषणा सामसुङले पहिल्यै गरेको थियो । यो वर्ष फेब्रुअरीमाबार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा कम्पनीले सम्भवतस् ग्यालेक्सी एस टेन र एस टेन प्लस सार्वजनिक गर्दैछ । दुवैले फाइभजी सपोर्ट गर्नेछन् । फाइभजी स्मार्टफोन सार्वजनिक गर्न सामसुङले अमेरिकी क्यारियर भेरिजोनसँग सहकार्यगरेको छ ।