यो दार्जिलिङ पहाड !

कविता

बि. कुलुङ । प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५

खुर्की-खुर्की कुम्लाए पछि
यो भेगको सर्वत्र
प्रकृति सम्पत्लाई
उजाड बन्यो
खोक्रो बन्यो
रित्तो बन्यो
खुल्लार सा’बको
खुइलिएको,
त्यो निधार जस्तो
निरास लाग्दा बन्यो
यो दार्जिलिङ पहाड ।
कंचनमयको हिउँको
सेताम्मे टोपी
लगाएर गए देखि
सुदूरको साइनोमा
आफन्त पर्ने
बुढा जस्वन्तले
हिमालको नाममा
नाम मात्रै बन्यो
त्यो कंचनजङ्गा
भित्र भित्रै
खोक्रो बन्यो
रित्तो बन्यो
यो दार्जिलिङ पहाड भने।
पहाडी शोभा
त्यो लाली गुराँसलाई,
त्यो लालु पातेलाई
सरदार सा’ब जीले
आफ्नो
जातीयता पगडीमा
सिउरेर कतै
हिडे देखि
रित्तै बने
एक्लै बने
फेरि पनि
यो दार्जिलिङ पहाड ।
त्यो विश्व विख्यात
पेरिस टवरको इतिहासहरु संग
हुवहु
अवगत
हुदाहुदै
यो दुनियाँ ।।।
त्यो बिशालकाय
ग्रेट वल आफ दि चाइनाको
दुरुत्व
थाहा हुदाहुदै
दुनियाँलाई
लडनको ब्रिज माथि उभिएर
दि ग्रेट स्टेच्यु अफ लेबरेटीको
उच्चता तिमी
के नाप्छौ
ए ! भूमि पुत्र !
त्यो दबिएको
गोर्खाली अधिकारको
धुरी खाँबाको
लधु कथा समेत
यो देशलाई
हुवहु
थाहा छैन भने !
अब
गोर्खाल्यान्डको रित्तो भाँडा थापेर
दार्जिलिङ उभिएको
माटोको क्षेत्रफल
नापि देउ
ए ! भुमि पुत्र !
यो माटोको धुलो पिठोको
कुटनैतिकलाई
बिर्सिएर
संबिधानलाई जान्ने हुदा
ए ! भूमि पुत्र
परायाले यहाँका
शिरको शानहरुलाई
लुछेर लगि दिए पछि
दार्जिलिङको आज शिर ढल्यो
दार्जिलिङ आज खोक्रो बन्यो
र रित्तो भाँडा जस्तैः बन्यो
रित्तो भाँडाले
हल्ला बेसी गरेको जस्तो
हल्लै-हल्लाको बन्यो
यो दार्जिलिङ पहाड ।।