मेलिना राई र खुमन अधिकारीको स्वरमा उमंग र नम्रताको बब्बाल डान्स

प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५

शुसेली मोलुङ खोलाको लोक दोहोरी गीत लेखेर चर्चामा आएका गीतकार देवी प्रसाद खनालको गीत ‘कोइली कराउने’ बजारमा आएको छ । पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै नै चर्चा कमाएकी गायिका मेलिना राई तथा लोक दोहोरी क्षेत्रका किङ मानिएका गायक खुमन अधिकारीको सुमधुर आवाजमा रहेको उक्त गीतमा संगीत खुमन अधिकारीको रहेको छ ।

शिव फोर एस म्युजिक प्रालिको ब्यानरमा निर्माण गरिएको यस गीतमा अभिनय उमंग श्रेष्ठ तथा नायिका नम्रता सापकोटाको रहेको छ । यस गीतलाई शम्भु चालिसेले छायांकन गरेका हुन् भने निर्देशन शिव वि.क. को रहेको छ । यस गीतमा एरेन्ज आशिस अविरल, मिक्सिङ एचबीएन किस्मतको रहेको छ भने राग रेकर्ड्स स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतलाई प्रोडक्सन उमंग श्रेष्ठले गरेका हुन् ।

हेर्नुहोस् भिडियोः