समीर थोकरको उत्कृष्ट नृत्यमा ‘खोली सुकी बगर’ बजारमा

प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५

नृत्य निर्देशन गर्दै आएका पछिल्लो समयका चर्चित कोरियाग्राफर समीर थोकर जसले कोरियोग्राफ गरेका दर्जनौ गीतहरु हिट भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा एउटा राम्रो नृत्य गर्ने मोडलको अभाव भएको समयमा उनले अहिले आफैँले अभिनय तथा नृत्य गरेको गीत ‘खोली सुकी बगर’ बजारमा आएको छ ।

खोली सुकी बगर बोलको गीतमा पूर्णकला बीसी तथा पोषण डाँगीको सुमधुर स्वर रहेको छ भने शब्द यादव प्रसाद पन्त, लय पोषण डाँगी, एरेन्ज केशव बाबुले गरेका हुन् भने यस गीतलाई मानेभन्ज्याङ म्युजिक प्रा.लि.ले निर्माण गरेको हो । यस गीतलाई छायांकन दुर्गा पौडेल, अभिनय समीर थोकर र पुजन घिमिरेले गरेका छन् भने निर्देशन समीर थोकरले गरेका हुन् । यस गीतको पोष्ट प्रोडक्सन बीपी फिल्म्स नेपालको रहेको छ ।

समीर थोकर एक नृत्य निर्देशन मात्र नभएर सफल मोडल हुने सम्भावना बोकेका सांगीतिक क्षेत्रका उदयमान व्यक्तित्व हुन् भने उनी शब्द सिर्जनामा पनि अब्बल देखिन्छन् ।

भिडियो हेर्नुहोस्ः