सुत्केसी गराउन बच्चा तान्दा दुई टुक्रा, टाउको आमाको कोखमै

प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५

भारतको जेसलमेरको रामगढस्थिती सरकारी अस्पतालका चिकित्सकले प्रसवको क्रममा बच्चाको खुट्टा यति जोडले ताने कि बच्चा दुई टुक्रा भयो । बच्चाको कुमसम्मको भाग त बाहिर आयो तर टाउको भित्रै अड्कियो । चिकित्सकले परिवारका सदस्यलाई केही नभनी महिलालाई जेसलमेर रिफर गरिदियो । जेसलमेरबाट जोधपुर पठाइयो जहाँ यो घटनाबारे पर्दाफास भयो ।

आखिर के भएको थियो ?

तीन दिनअघि दीक्षा कंवरलाई प्रसव पीडा भएपछि उनका परिवारका सदस्यले रामगढ अस्पताल लगे । त्यहाँ भर्ना गरेपछि चिकित्सकले बिरामीलाई जेसलमेर लैजान आग्रह गरे । तर परिवारका सदस्यलाई प्रसवको क्रममा बच्चाको टाउको भित्रै अड्किएको भन्ने जानकारी दिइएन ।

रामगढ अस्पतालका चिकित्सा प्रभारी डा। निखिल शर्माले यसबारे स्पष्टिकरण दिँदै भने, ‘जब सुत्केरीलाई अस्पताल पुर्याइयो तब यहाँका चिकित्सकले उनलाई प्रसव कक्षमा पुर्याए । त्यहाँ उनीहरुले बच्चाको खुट्टा बाहिर आइरहेको र उसको मृत्यु भइसकेको थाहा पाए । हाम्रो अस्पताल सुविधासम्पन्न नभएकाले सुत्केरीलाई जेसलमेर रिफर गरिएको हो ।’

एजेन्सी