चिकित्सा शिक्षा विधेयकमाथि कांग्रेसको आरोप गलत छ : भट्टराई

प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

काठमाडौं । सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक व्यापारीको स्वार्थमा नभै नेपाली जनताको पक्षमा ल्याइएको बताएका छन् ।

कांग्रेस नेता गगन थापाले विधेयक व्यापारीको स्वार्थमा ल्याइएको आरोप लगाएपछि त्यसको खणडन गर्दै नेता भट्टाराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।कांग्रेसले लगाएको आरोप गलत छ ।

यो विषयमा कांग्रेससँग टुंडिखेलमा खुल्ला बहस गर्न तयार छौ‌ं’ उनले कडा चुनौति दिदै भने ।कांग्रेसले लगाएको आरोप झुटो भएकाले त्यस्तो झुटको खेतीका पछि नलाग्न पनि उनले अनुरोध गरेका छन् ।

यस विधेयकले गोविन्द केसीका सबै मागको संबोधन गरेको भन्दै नेता भट्टराईले भने( ‘यतिवेला गोविन्द केसी इलाममा अनसन बस्न होइन फुलमाला लगाएर हामीसँग हुनुपर्ने हो ।’ केसी कसको उक्साहटमा लागेका छन् भन्ने कुरा गम्भीर विषय भएको उनले बताए ।

चिकित्सा शिक्षा विधेयक माथेमालगायतका विभिन्न आयोगले उठाएको महत्वपूर्ण विषयहरुलाई समेटेर ल्याइएको र अब संसदमा त्यसमाथि छलफल हुने पनि उनले बताए ।