लक्की शेर्पा द्वारा प्रधानमन्त्रीले घुस लिएको कुरा सहि हो भने “प्रधानमन्त्रि” जेल नभए झुटो समाचार प्रकाशन गर्ने “पत्रकार” जेल :लेखनाथ न्यौपाने

प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्दीय सदस्य तथा पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपानेले भर्खरै बर्खास्तमा परेकी राजदूत लक्कि शेर्पाले प्रधानमन्त्रीलाई तीन करोड खुवाएको कुरा सत्य हो भने प्रधानमन्त्री केपी ओलीलाई जेल कोच्नु पर्ने धारणा राखेका छन् ।

नेता न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् (लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो ।

घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो ।

घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।

पार्टीभित्रका गलत प्रवृतिको विरुद्ध निर्मम भएर लड्दै आएका प्रभावशाली नेता न्यौपानेको यो कडा प्रतिक्रियासँगै राजनीतिवृतमा तर‌ंग फैलिएको छ । अहिले प्रधानमन्त्री ओलीको बारेमा यसरी बोल्ने हिम्मत गर्नु सामान्य विषय भने होइन । गत हप्ता मात्रै पनि उनले सरकार र नेताको १५ बुँदामा भण्डाफोर गरेका थिए ।

राजदूतबाट बर्खास्त भएपछि लक्की शेर्पाले केपी ओलीलाई राजदुत हुन ३ करोड बुझाएको समाचार सार्वजनिक भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । घुस लिने र दिने दुवै अपराधी हुने भन्दै नेता न्यौपानेले यदि यो समाचार नै झुट्टो हो भने समाचार लेख्ने पत्रकारलाई जेल हाल्नपर्ने पनि बताएका छन् ।

“यदी लक्की शेर्पाले नभनेको बिषयलाई समाचार बनाएर समग्र राजनीति, पार्टी र पार्टीको तर्फबाट प्रम बनेको नेतालाई घुस जस्तो गम्भीर अपराधसँग जोड्ने र समाचारमार्फत् हद दर्जाको बदनाम गर्ने छुट पत्रकारलाई पनि हुँदैन । त्यसकारण यस्तो समाचार लेख्ने पत्रकारलाई तुरून्तै जेल कोच्नु पर्यो र त्यस्तो सञ्चार माध्यमलाई प्रतिबन्ध गर्नुपर्यो । नत्र त जसलाई जे मन लाग्यो त्यही गर्यो । परिणामः मुलुक नकारात्मक दिशातिर धकलिने स्थिति बन्ने भयो ।” उनले लेखेका छन् ।

“यदी लक्की शेर्पाले नभनेको बिषयलाई समाचार बनाएर समग्र राजनीति, पार्टी र पार्टीको तर्फबाट प्रम बनेको नेतालाई घुस जस्तो गम्भीर अपराधसँग जोड्ने र समाचारमार्फत् हद दर्जाको बदनाम गर्ने छुट पत्रकारलाई पनि हुँदैन । त्यसकारण यस्तो समाचार लेख्ने पत्रकारलाई तुरून्तै जेल कोच्नु पर्यो र त्यस्तो सञ्चार माध्यमलाई प्रतिबन्ध गर्नुपर्यो । नत्र त जसलाई जे मन लाग्यो त्यही गर्यो । परिणामः मुलुक नकारात्मक दिशातिर धकलिने स्थिति बन्ने भयो ।”