मूलपानीबाट दुई सिकारी बन्दुक सहित पक्राउ

प्रकाशित मिति : बुधबार, पुस २५, २०७५

काठमाडौं/ काठमाडौंको कागेश्वरीमा भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ परेका छन्।

कागेश्वरी मनहरा नगरपालिका-६, मूलपानी एरियमा सिकार खेलिरहेका बेला काठमाडौं महानगरपालिका(३१,भीमसेन गोलाका ४७ वर्षीय नवीनविक्रम शाही र ३८ वर्षीय विजयविक्रम शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

बौद्धस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरूका साथबाट १२ बोरको दुईनाले भरूवा बन्दुक बरादम भएको प्रहरीले जनाएको छ।

साथै मारेको १० वटा परेवा पनि प्रहरीले बरादम गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल खबरबाट