पेट्रोलियम मजदूर संघ चितवनको वनभोज कार्यक्रम सम्पन्न

प्रकाशित मिति : आइतवार, पुस २२, २०७५

अखिल नेपाल पेट्रोलियम मजदूर संघ चितवन जिल्ला समितिले प्रशिक्षणात्मक वनभोज कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिबार चितवनरपरासी जिल्लामा संगठनमा आवद्ध करिब १ सय जना पेट्रोलियम मजदूरले वनभोज कार्यक्रम आयोजना गरेका थिए कार्यक्रसंघका केन्द्रीय अध्यक्ष क।शिव पोख्रेलको प्रमुख अतिथ्य साथै उपाध्यक्ष लक्ष्मण न्यौपाने दुर्गा प्रसाद कडेल सचिव सनद श्रेष्ठ, संघका ३ नं प्रदेश कमिटी सचिव एवम् काठमाण्डौ जिल्ला अध्यक्ष जगत श्रेष्ठ लगायतको अतिथ्यमा सम्पन्न भएको थियो कार्यक्रमका प्रमुख अतिथिले बिगतमा पेट्रोलियम व्यबशायि र मजदूर संघ बिच भएको सहमति संगै श्रम ऐन, सामाजिक सूरक्षा ऐन, बढ तलव लगायतका सेवा सुविधा कार्यन्वयन गरि थप अधिकार प्राप्तिको निमित्त सवै मजदूरहरूलार्इ संगठित हुन आह्वान गर्दै शुभकामना दिनु भएको थियो भने कार्यक्रममा अतिथिहरूले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।