गायिका प्रमिला खत्रीले ल्याइन ‘नेपालमा रेल’

प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

गायिका प्रमिला खत्रीको सुमधुर आवाजमा ‘नेपालमा रेल’ बोलको गीत यतिबेला बजारमा आएको छ । मिठो स्वरकी धनी नव गायिका प्रमिला खत्रीले आफ्नै शब्द सिर्जनामा लय पनि आफैँले हालेकी हुन् ।

नेपाली युवाहरु विदेशिनुको बाध्यता र पीडालाई सम्बोधन गर्दै उक्त गीत सिर्जना गरिएको हो । विदेश गए पनि छिट्टै फर्केर आउन आफन्तलाई सल्लाह दिँदै गीतलाई मार्मिकता दिइएको छ । यो गीतलाई एरेन्ज नरेन्द्र वियोगी, मिक्सिङ स्याम स्वेत रसाइलीले गरेका छन् भने अडियो जनता डिजिटलद्वारा प्रिज्मा स्टुडियोमा तयार पारिएको हो ।

यस गीतमा सुजन श्रेष्ठ तथा गंगा खत्रीले अभिनय गरेका छन् भने छायांकन उत्सव दाहाल, सम्पादन विकास दाहाल तथा यसको गीतको निर्देशन युवराज वाइवाले गरेका हुन् । यस गीतलाई हाइलाईट नेपालको युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो ।

भिडियो हेर्नुहोस्ः