कुरिलोका अचुक फाइदाहरु जानिराखौं

प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

कुरिलोको बारेमा त हामीले सुनेकैं छौं कतिपयले त खानुभएको पनि होला । जानेर खानुभएको छ वा नजानेर । जसरी भए पनि खाने गर्नुभएको छ भने यो स्वास्थ्यका लागि अत्यन्त लाभदायक छ । कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

कुरिलोका फाइदाहरु:

  • कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।
  • कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ ।
  • कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ।
  • कुरिलोको जरालाई बुद्धिबर्द्धक, अग्निवर्द्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।
  • कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।
  • कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ ।
  • कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ ।