हेर्नुहोस् अचम्मको दृष्य, अजिंगरमाथि भ्यागुता सवार (भिडियो सहित)

प्रकाशित मिति : बुधबार, पुस १८, २०७५

सामान्यतया सर्पले भ्यागुतालाई खान्छ । तर अष्ट्रेलियामा एक अनौठो दृश्य पाइएको छ ।

अष्ट्रेलियामा अजिंगर सर्पमाथि एघार भ्यागुता चढेको भिडियो सार्वजनिक भएको छ । सामाजिक संजालमा यतिबेला चर्चित बनेको भिडियोमा निडर भ्यागुताहरु अजिंगरमाथि चढेर यात्रा गरिरहेका छन् ।

साढे ३ मिटर लामो सर्पमाथि ११ भ्यागुता चढेका छन् । अष्ट्रेलियाका पल मकले उक्त भिडियो खिचेका थिए । उनले उक्त भिडियो आफ्ना भाई एन्ड्रुलाई पठाए ।

जब एन्ड्रुले उक्त भिडियो सामाजिक सन्जालमा लगाए । भिडियो विश्वभर चर्चित बन्यो । सर्पमाथि भ्यागुता चढेको भिडियोमा केहीले रोचक प्रतिक्रिया जनाएका छन् ।

उनीहरुले भ्यागुताले भ्रमणगर्नका लागि कार नपाएका कारण सर्पमाथि चढेको बताएका छन्। एजेन्सी

(भिडियो)