सर्वोच्चले पायो नयाँ प्रधान्यायाधीश, आजै सपथ पछि कार्यभार सम्हाल्ने

प्रकाशित मिति : बुधबार, पुस १८, २०७५

काठमाडौं/ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ ग्रहण गराएकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।

जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्नेछन् ।