गलत अभिव्यक्ति दिएको भन्दै सांसद विरुद्ध खनिए गाउँपालिका प्रमुख

प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५

ओखलढुंगा/ ओखलढुंगा प्रदेशसभा (क) का सांसद अमिरबाबु गुरुङका अभिव्यक्तिविरुद्ध गाउँपालिका उत्रिएको छ। सार्वजानीक कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिविरुद्ध सांसदले गरेका अभिव्यक्तिको विरोध गर्दै विज्ञप्तिमार्फत् चिसंखुगढी गाउँपालिका सांसदविरुद्ध उत्रेको हो। ओखलढुंगाको प्रदेशसभा (क) बाट निर्वाचित सांसद गुरुङले सार्वजानिक कार्यक्रमममा जिल्लाका गाउँपालिका प्रमुखलगायत सबै जनप्रतिनिधिहरू चेनअफ कमाण्डुमा नरहेको, अनियमतता गरेको, जनप्रिय काम नगरेको भन्ने आरोप लगाएका थिए।

सांसद गुरुङको अभिव्यक्ति तथ्यहीन भएको भन्दै जिल्लाको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले हस्ताक्षर गरी एक विज्ञप्ति सार्वजानिक गरेका छन्। तमु ल्होसारको शुभकामना आदनप्रदान कार्यक्रममा प्रदेशसभा (क) का माननीय सांसद अम्मिरबाबु गरुङले यस गाउँपालिका प्रमुख र समग्र गाउँपालिकाको मर्यादामा आँच आउने गरी दिनु भएको अभिव्यक्तिले यस गाउँपालिका स्तब्ध भएको छु, शर्माले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, नीति निर्माण र विकास निर्माणमा सबैलाई नेतृत्व प्रदान गर्दै अघि बढ्नु पर्ने जिम्मेवारीमा रहेका माननीयबाटै केही गलत र तथ्यहीन सूचनालाई आधार बनाएर सांसद जस्तो गरिमामय पद र मर्यादाको समेत ख्याल नगरी समन्वय नगरेको, काम नगरेको, अनियमतिता भएको भनेर दिएका कपोकल्पित अभिव्यक्तिको यस गाउँपालिका खण्डन गर्दछ।ु उनले आधारहीन भ्रममा नपर्न पनि आग्रह गरेका छन्।

सांसद गुरुङले पुस १२ र १५ गते भएका सार्वजानिक समारोहमा र स्थानीय संचार माध्ययमबाट स्थानीय जनप्रतिनिधिविरुद्ध सार्वजानिक गाली गलौज गरेको कारण आफूहरू सांसदका अभिव्यक्तिविरुद्ध उत्रिनु परेको चिसंखुगढी गाउँपालिका अध्यक्ष शर्माले बताए।