प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ग्र्याभिटेशनको नियम न्युटनले होइन भास्कराचार्यले पत्ता लगाएको हो’

प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्नुभयो,‘ ग्र्याभिटेशनको सिद्धान्त कसले पत्ता लगायो ?’

सहभागीबाट उत्तर आउन नपाउँदै उहाँ आफैले जवाफ दिनुभयो, ‘तपाईँहरुले भन्नुहुनेछ न्यूटनले । तर होइन न्यूटनभन्दा ६र७ सय वर्ष अगाडि नै भास्कराचार्य भन्ने हाम्रा विद्धानले ग्र्याभिटेशनसम्बन्धी सिद्धान्त पत्ता लगाउनुभएको थियो ।’

प्रधानमन्त्री ओलीले भास्कराचार्यले १२१० मा नै ‘ग्र्याभिटेशन थिएरी’ भनेर किताब प्रकाशन गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गुरुत्वाकर्षणको सिद्धान्त के हो रु पृथ्वी कस्तो छ रु ती सबै पत्ता लगाउनुभएको थियो तर यत्तिकै बस्यो । जसले गर्दा ६र७ सय वर्ष पछाडि पत्ता लगाउने न्यूटन गुरुत्वाकर्षण सिद्धान्तका आविष्कारक भए । हाम्रा पुर्खाहरुले तारा, ग्रह नक्षेत्र हेरेरै तिनको असर र प्रभाव विश्लेषण गर्थे । औषधि विज्ञानमा उस्तै ज्ञान थियो तर प्रचारप्रसार भएन ।’

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुर्खाले पैदा गरेका तथा उत्पादन गरेका ज्ञान र सिद्धान्तको दावी पनि गर्न नसकेर, प्रचार पनि गर्न नसकेर पछाडि परेको बताउनुभयो ।

पुराना ज्ञान तथा सीपको सही सदुपयोग र प्रचार गर्न नसक्दा पछाडि परेको भन्दै उहाँले आफ्नो ज्ञान र सीपको सदुपयोग गर्न दीक्षित भएका विद्यार्थीलाई आग्रह गर्नुभयो । दीक्षित जनशक्तिले कक्षाकोठा बाहिर, विद्यालय बाहिर र विश्वविद्यालय बाहिर नै ज्ञानको सागर छ भन्ने बुझेर अब पौडी खेल्न तयार हुनुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा नौ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित भएका छन् । २०७४ साल जेठ १८ देखि ७५ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २ सय ८२ विद्यार्थी मध्ये ९ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित भएका हुन् ।