रामेछाप मालपोत कार्यालयका प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

प्रकाशित मिति : सोमवार, पुस १६, २०७५

रामेछाप/ मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् ।

कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।