सालको पात पछि पहिलोपटक आयो बिष्णु माझीको दुनियाँलाई रुवाउने गीत “रुवाउनू रुवायौ”…(भिडियो सहित)

प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५

नेपाली लोक सांगितीक बजारमा दिनहुँ नयाँ नयाँ गीतहरु सार्बजनिक हुँदै आएका छन् । ती गीतहरु मध्ये कतिले राम्रै चर्चा पाउछन त कति भने यसै हरायर जाने गर्छन । लोकगीत भित्र वास्तविकता लुकेको हुन्छ । यस्तै पछिल्लो समयमा सांगितीक क्षेत्रमा योगदान गर्दै आउनुभएका ऋषि खड्काको संगीतमा विष्णु माझी तथा विष्णु पाण्डेको सुमधुर आवाजमा “रुवाउनू रुवायौ” बोलको लोकगीत बजारमा आएको छ । “रुवाउनू रुवायौ” बोलको उक्त गीतमा गीतको शब्द सिर्जना रमेश परियारले गरेका हुन् ।

माया प्रेमको कथामा आधारीत यो गीतको भिडियो पनि अतीनै सुन्दर रहेको छ । भिडीयोमा पछील्लो समयका चर्चीत मोडल तथा नायिका सारिका के.सी. र आशिर प्रताप जंगको उत्कृष्ठ अभिनय रहेको छ।

भिडीयोलाई निर्देशन पछिल्लो समयकी चर्चीत निर्देशक स्मृती तिमिल्सिना (गुरुआमा)ले गरेकी हुन । यसैगरी छायांकन शुरेस श्रेष्ठ र सम्पादन प्रबिन भट्टले गरेका हुन । यस गीतलाई सप्तॠषी म्युजिक कम्पनी मार्फत बजारमा ल्याइएको हो भने यस गीतको म्युजिक भिडियोलाई गायक तथा संगीतकार ॠषी खड्काको आफ्नै आधिकारीक यूट्युब च्यानल मार्फत सार्वजनीक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः