ट्राफिक प्रहरी महाशाखाद्वारा रत्नपार्क वरीपरी रिङरोडमा सार्वजनिक यातायातको लागि पिक एण्ड ड्रपको रुट सार्वजनिक

देवी खनाल । प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५

काठमाडौं/ ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महानगरपालिकाले रत्नपार्क रिङरोडमा यातायात व्यवस्थापन गर्नको लागि भनी पुस एक गतेबाट सरोकारवालाहरु कसैसँग पनि छलफल नै नगरी कार्यान्वयनमा ल्याएको पिक एण्ड ड्रप गर्ने व्यवस्थालाई एउटा रुटको गाडिलाई एक ठाउँमा मात्र रोकेर पिक एण्ड ड्रप गर्न पाउने नीति ल्याएपछि आम सर्वसाधारण, यात्रुहरु, उक्त व्यवस्था अपाङमैत्री नभएको भनी विरोध आएपछि ट्राफिक महाशाखाले आज दिउँसो १ बजे ट्राफिक महाशाखा रामशाहपथमा सरोकारवाला तीन वटै ट्रेड युनियन प्रतिनिधि र यातायात व्यवसायीहरुसँग छलफल गरी आवश्यक परिमार्जन गर्ने गरी वृद्ध र अपाङ्गहरुलाई जुनसुकै ठाउँमा ओराल्न पाउने गरी ट्राफिक महाशाखाले निम्न बमोजिम रुट व्यवस्थापन गरेको छः

एनएसी–१, (काठमाडौं मल)
१. सामाखुशी यातायात व्यवसायी संघ (नयाँ बसपार्क, टोखा, मनमैजु, सेहेन्सा)
२. नेपाल सार्वजनिक माइक्रो बस संघ (सितापाइला, इचंगु, डाडापौवा)
३. बालाजु मिनिबस समिति (गोलढुंगा, साङला, मनमैजु, बस्नेतटार, चिसापानी, जितपुरफेदी)
४. तारकेश्वर यातायात (गोलढुंगा, तालचोक)
यसमा कुनै व्यवसायी छुटेको भएमा पुनः समायोजन गरिने जानकारी छ ।

एनएसी–२ (काठमाडौं मल)
१. दिगो सार्वजनिक यातायात (नयाँ बसपार्क)
२. संयुक्त यातायात (नयाँ बसपार्क)
३. कपन बंगलामुखी यातायात (कपन)
४. सिटी यातायात (कलंकी)
५. अन्नपूर्ण सेवा (स्वयम्भु)
यसमा कुनै व्यवसायी छुटेको भएमा पुनः समायोजन गरिने जानकारी छ ।

एनएसी–३ (काठमाडौं मल)
१. बसुन्धारा सार्वजनिक माइक्रोबस (बसुन्धारा, ग्रिनलेण्ड, धापासी)
२. विशालनगर सार्वजनिक माइक्रो समिति (मण्डिखाटार)
३. माइक्रोबस सेवा समिति (मण्डिखाटार, पाटीटार, एकतावस्ती, धुम्वाराही, आकाशेधारा, कपन)
४. बुढानिलकण्ठ यातायात (बुढानिलकण्ठ)
५. जोरपाटी माइधक्रोबस (आरुवारी, नारायणटार)
६. धुम्रावराह यातायात (मित्रपार्क, आकाशेधारा)
७. जनता यातायात (भंगाल, आकाशेधारा)
यसमा कुनै व्यवसायी छुटेको भएमा पुनः समायोजन गरिने जानकारी छ ।

एनएसी–४ (काठमाडौं मल)
१. साझा यातायात (लगनखेल, वुङमती, इमाडोल, हरिसिद्धि, सूर्यविनायक, बनेपा, धुलिखेल, एयरपोर्ट, नारायणस्थान)
२. हामी सबैको यातायत (नारायणस्थान, लुभु)
३. शिवपुरी बुढानिलकण्ठ सेवा समिति (सातदोबाटो)
४. ललितपुर यातायात (पाटनढोका)
यसमा कुनै व्यवसायी छुटेको भएमा पुनः समायोजन गरिने जानकारी छ ।

एनएसी–५ (काठमाडौं मल)
१. विद्युतीय परिवहन व्यवसायी संघ (अनामनगर, नयाँ वानेश्वर, बत्तीसपुतली, गौशाला)
२. विद्युतीय परिवहन व्यवसायी संघ (अनामनगर, नयाँ वानेश्वर, कात्यानी, भिमसेनगोला)
३. एनएसी सिनामंगल सफा परिवहन व्यवसायी संघ (सिनामंगल)
४. एनएसी चावहिल तिनचुली सफा परिवहन व्यवसायी संघ (तिनचुली)
५. एनएसी गल्फुटार सफा परिवहन व्यवसायी संघ (गल्फुटार)
६. एनएसी सितापाइला छाउनी सफा परिवहन व्यवसायी संघ (छाउनी, बाफल सितापाइला, स्वयम्भु, सानेपा, बाग्डोल, कुपन्डोल, ग्वार्को, इमाडोल)
यसमा कुनै व्यवसायी छुटेको भएमा पुनः समायोजन गरिने जानकारी छ ।

सभागृह–६
१. साझा यातायात (गोदावरी, लगनखेल, वुङमती, इमाडोल, हरिसिद्धि, धुलिखेल, नारायणस्थान)
२. हामी सबैको यातायात (नारायणस्थान, लुभु)
३. शिवपुरी बुढानिलकण्ठ सेवा (सातदोबाटो)
४. ललितपुर यातायात (पाटनढोका)
५. नेपाल यातायात (वाडे, गोठाटार)
६. जनता यातायात (कलंकी)
यसमा कुनै व्यवसायी छुटेको भएमा पुनः समायोजन गरिने जानकारी छ ।

रत्नपार्क–७ (शंखधरपार्क तर्फ)
१. लगनखेल माइक्रो सेवा (सानो) (लगनखेल)
२. लगनखेल माइक्रो (ठूलो) (हात्तीवन, नखीपोट)
३. भैसेपाटी माइक्रो तथा ललितपुर मिनिबस (भैसेपाटी, खोकना)
४. लालुपाते यातायात (कोटेश्वर)
५. गोठाटार यातायात बस तथा माइक्रो (काँडाघारी, मुलपानी)
६. अन्नपूर्ण यातायात (लगनखेल)
७. कलंकी निलो माइक्रो (कलंकी)
८. दक्षिणकाली माइक्रो बस समिति (शंखमुल, सिनामंगल, नख्खु)
यसमा कुनै व्यवसायी छुटेको भएमा पुनः समायोजन गरिने जानकारी छ ।

रत्नपार्क–८ (शान्तिवाटिका तर्फ)
१. जोरपाटी माइक्रो (जोरपाटी)
२. बुढानिलकण्ठ बस समिति (बुढानिलकण्ठ)
३. बुढानिलकण्ठ माइक्रो (बुढानिलकण्ठ)
४. बानियाँटार (बानियाँटार)
५. कान्तिपुर यातायात (कलंकी)
६. न्यू अन्नपूर्ण टेम्पो (शोभा भगवती)
यसमा कुनै व्यवसायी छुटेको भएमा पुनः समायोजन गरिने जानकारी छ ।

माथि उल्लेखित निर्धारण गरिएको रुट व्यवस्थालाई लागू गर्नको लागि आ–आफ्नो गन्तव्यस्थल निर्क्यौल गरी यात्रुहरुले यथास्थानको मात्र प्रयोग गर्नुहुन गराउनुहुनको लागि अनुरोध गरिन्छ । अनावश्यक रुपमा तोकिएको स्थानभन्दा बाहिर अन्य स्थलमा सवारी साधन रोक्नको लागि चालक तथा सहचालकलाई जथाभावी यात्रुहरुले दवाव नदिनको लागि समेत अनुरोध गरिएको छ र चालक तथा सहचालकले पनि आ–आफ्नो तोकिएको स्थानमा मात्र सवारी साधन रोकी पिक एण्ड ड्रपको पालना गर्न अनुरोध गरिएको कुरा जानकारी छ ।