स्थायी कमिटी बैठकपछि मात्र सांगठनिक एकता पूरा हुन्छ, नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५

कास्की/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलवार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महीनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने बताए ।