रितु तामाङको लोक पप गीत ‘म त यस्तै हो’ सार्वजनिक, भिडियोमा बोल्ड अभिनय

प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५

विगत ८ वर्ष देखि गीत संगीत क्षेत्रमा आवद्ध भई गायन र मोडलिङलाई बराबरी प्राथमिकता दिँदै आएकी तामाङकी छोरी रितु तामाङले पछिल्लो समय आफ्नै जीवनसँग मेल खाने खालको गीत ‘म त यस्तै हो’ भन्ने गीत बजारमा ल्याएकी छिन् ।

विगतमा दर्जनौं गीतहरु गाउने र अभिनय गर्दै आएकी धादिङ स्थायी घर भएकी तामाङले यस गीतमा आफ्नै सुमधुर स्वर दिँदै आफैँ एकल अभिनय समेत गरेकी छिन् । युट्युबमा सार्वजनिक भएको पहिलो दिनमै निकै नै चर्चा बटुलेको लोक पप गीत म त यस्तै हो चर्चित म्युजिक कम्पनी गोर्खा चौतारी म्युजिक मार्फत बजारमा सार्वजनिक भएको हो ।

उक्त गीतमा लय तथा शब्द पवित्रा मगरले गरेकी छिन भने यस गीतलाई छायांकन दुर्गा पौडेल, सम्पादन नविन घर्ती मगर र यस गीतलाई निर्देशन मौशम हिमालीले गरेका हुन् । यस गीतलाई हाम्रोतर्फबाट सफलताको अग्रिम शुभकामना ।

भिडियो हेर्न तलको लिङकमा क्लिक गर्नुहोस्ः