विप्लब नेतृत्वको नेकपा जनयुद्ध र सशस्त्र क्रान्तिको पक्षमा नभएको प्रवक्ताको खुलासा

प्रकाशित मिति : सोमवार, पुस ९, २०७५

बुटवल/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता खड्गबहादुर विश्वकर्माले बाहिर भ्रम फिजाइएजस्तो आफ्नो पार्टीले कुनै जनयुद्ध वा सशस्त्र क्रान्तिको पक्षमा नरहेको बताएका छन् ।

तर राज्य पक्षले अनावश्यक मुद्दा लगाउने दुःख दिने र बन्दुकको बलमा आफ्ना आन्दोलनलाई निस्तेज पार्न खोजे आफूहरू चुप नलाग्ने प्रष्ट पारे ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले सोमवार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘राजनीति रुपमा एकीकृत जनक्रान्तिमार्फत् देशको व्यवस्था परिवर्तन गरेर जनताको सत्ता स्थापना गर्नको लागि वैज्ञानिक समाजवादको विकल्पसहित संघर्षमा छौं, राज्यले आतंककारीजस्तै व्यवहार गर्छ, अन्य अपराधिक समूहलाई जस्तै व्यवहार गर्छ भने राज्यसँग लड्न तयार छौं ।’

अहिलेको सत्ता कम्यूनिस्टको सत्ता नभएको र कम्यूनिस्ट आन्दोलन र पार्टीलाई सिध्याउनको लागि विदेशी प्रतिक्रियावादीले योजनावद्ध रुपमा यो सरकार बनाएर जनतालाई कम्यूनिस्टप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले आफूहरूलाई सरकारी नेकपा ९नेकपा० भन्दा ठूलो पार्टीको रुपमा रहेको जिकिर समेत गरे ।

देश र जनताको भविष्यको लागि एकीकृत जनक्रान्तिको माध्यमबाट संघर्ष गर्दै जनताको सत्ता वैज्ञानिक समाजवाद ल्याउनको लागि आफूहरू ज्यानलाई हत्केलामा राखेको भन्दै उनले कुनै पनि तत्वले कमजोर बनाउन नसक्ने र आफूहरू निश्चित विजय हुनेमा दृढ रहेको बताए ।

प्रकाण्डले भने, ‘हामीले विगतका कमजोरीबाट धेरै पाठ सिकेका छौं, बदलिँदो विश्व परिवेश र नेपाली मौलिकतामा आधारित रहेर वैज्ञानिक ढंगबाट नयाँ क्रान्तिको स्वरुप तयार गरेका छौं, अब नेपालमा क्रान्ति कसैले रोकेर रोकिनेवाला छैन ।’