राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ कार्यान्वयनको अन्तिम तयारी

प्रकाशित मिति : सोमवार, पुस ९, २०७५

काठमाडौं/ माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको विशेष उपस्थिति र शिक्षा तथा स्वास्थ्य समितिको बैठ्क समितिका सभापति माननीय जयपुरी घर्तीको अध्यक्षतामा विशेष बैठक सम्पन्न भएको छ ।

मन्त्रालयमा प्रस्तुत गर्नको लागि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र उपसमितिहरु तथा कार्यदलको कार्य प्रगति सम्बन्धमा शिक्षा तथा स्वास्थ्य समितिको कार्यालय सिंहदरबारमा छलफल भएको छ । यसै विधेयक मार्फत डा. गोविन्द केसीले सरकारसँग राखेका मागहरु र डा। केसीसँग सरकारले गरेको सम्झौता समेत कार्यान्वयन गरिने भएको छ ।