भारतले फेरि मिच्यो नेपालको सिमा, खेती योग्य जमिन भारतको कब्जामा

प्रकाशित मिति : सोमवार, पुस ९, २०७५

टीकापुर/ भारतले लगातार नेपालको जमिन मिच्ने कार्य जारी राखेको छ । हालै कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो ।

स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् ।