प्रमुख नेताहरुले पार्टी एकलौटी चलाउन खोजेको माधव नेपालको आरोप

प्रकाशित मिति : आइतवार, पुस ८, २०७५

काठमाडौ/ लामो समयदेखि पार्टीमा असन्तुष्टी राख्दै आएका माधव कुमार नेपालले नेताहरुलाई चेतावनी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपालले प्रमुख नेताहरुले पार्टी एकलौटी रुपमा चलाउन थालेको भन्दै यस्तो गरिए ठूलो दुर्भाग्य हुने चेतावनी दिए । उनले एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै बैठकमा ठूलो आक्रोस ब्यक्त गरे ।

शनिबार पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा बसेको बैठकमा नेता नेपालले नेतृत्व पंक्ति एकलौटी हुन खोजेको भन्दै त्यस्तो सोच नबदलेमा ठूलो भूल हुने चेतावनी दिए । बैठकमा अनसन्तुष्ट नेताहरुको पक्ष लिने प्रयास उनले गरेका थिए । नेता नेपालले पार्टीमा नेतालाई पूजा गर्ने प्रवृत्ति मौलाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

यस्तै अर्का नेता तथा अर्का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले राम्रो काम गर्न नसके आकार खुम्चन सक्ने चेतावनी दिए ।

शनिबार बोलेका रामबहादुर थापा र गिरिराजमणि पोखरेललगायत नेताहरुले पार्टीमा गुट उपगुटको अन्त्य हुनुपर्ने बताएका थिए । योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरुले भने यसअघि नै बोलिसकेका छन ।