नेपाल छोडेर किन विदेशिए त प्रकाश अञ्जलीलाई एक्लो बनाएर…?

प्रकाशित मिति : शुक्रबार, पुस ६, २०७५

काठमाडौं/ स्वदेशमा पर्याप्त रोजगारको ब्यबस्था नभए पछि आफ्ना सपनाहरू र जिम्मेवारी पूरा गर्नको निमित्त वैदेशिक रोजगारको सिलसिलामा परदेश जानुपर्ने नेपालीहरुको यथार्थ झल्काउँदै मेशना डिजिटल प्रा.ली.को प्रस्तुतिमा ”पर्खी बस” बोलको गीत म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

सर्जक रमेश कौसलको मर्मस्पर्शी लय तथा मार्मिक शब्दमा सृजना गरिएको उक्त गीतमा सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहुचर्चित गायिका पुर्णकला बि।सी र उस्तै सुमधुर स्वरका धनी गायक यदु भण्डारीको स्वर रहेको छ ।

धेरै भन्दा धेरै सफल गीतहरुमा निर्देशन गरिसकेका अत्यन्तै ब्यस्त निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा पछिल्लो समय निकै नै उत्कृष्ट गीतहरुमा अभिनय गरेर चर्चा कमाउदै गरेका चर्चित मोडल प्रकाश सापकोटा र सबै दर्शकको पहिलो रोजाइमा पर्ने बहु प्रतिभाकी धनी बहुचर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ भने भिडियोलाई अजय रेग्मीले छायांकन साथै दिपक बिष्टले सम्पादन गरेका छन ।

भिडियो हेर्नुसः