उमंग श्रेष्ठ र तारा पुनको ‘धोकाको पसल’ युट्युवबाट सार्वजनिक

देवी खनाल । प्रकाशित मिति : मङ्लबार, मंसिर २५, २०७५

काठमाडौं/ लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी तथा गायक विशाल सोनीको सुमधुर आवाजमा लोकदोहोरी क्षेत्रका चर्चित मोडल उमंग श्रेष्ठ तथा चर्चित नायिका सारिका केसी तथा तारा पुनको दमदार अभिनय रहेको अत्यन्तै मार्मिक गीत ‘धोकाको पसल’ बजारमा आएको छ ।

आफूले प्यारो सोचेको मान्छे, आफूले मायाँ गर्ने मान्छेसँगको विछोडको पीडा र प्यारो मान्छेले धोका दिँदा कस्तो महशुस हुन्छ भन्ने कथा वस्तुलाई आधार बनाएर यमन प्रतिकले यो गीत सिर्जना गरेका छन् । आफनो नाता टुटदा निकै पिडामा भएको र आखाँमा आशुँ बगाउन बाध्य भएको कुरालाई गीतमा निकै गहन रुपमा समेटिएको छ ।

सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन , कपिल लामाको निर्देशनमा भिडियो तयार गरिएको हो भने यस गीतलाई योग्सना म्युजिक प्रा.लि. ले बजारमा ल्याएको हो ।

हेर्नुहोस् भिडियोः