‘गफै त हो नि बा’ हास्य टेलिफिल्म युट्युबबाट प्रसारण सुरु

देवी खनाल । प्रकाशित मिति : आइतवार, मंसिर २३, २०७५

काठमाडौं/ आज भोलि विभिन्न टेलिभिजन तथा युट्युव च्यानलमा विभिन्न हास्य टेलिश्रृंखलाहरु प्रसस्तै मात्रामा देख्न पाइन्छ । हाम्रो समाजमा घट्ने घटनाक्रम, राजनीतिक, आर्थिक सामाजिक तथा विश्व घटनामा आधारित विभिन्न घटनाहरुलाई मुख्य विषयवस्तु मानेर यस्ता टेलिश्रृंखलाहरु निर्माण गरिने गरिएको छ ।

पछिल्लो समयमा युट्युब च्यालको लागि निर्माण गरिएको ‘गफै त हो नि बा’ हास्य टेलिश्रृंखला युट्युबमा सार्वजनिक गरिएको छ । सामाजिक घटनाक्रमलाई धारावाहिक रुपमा प्रसारण गरिने यो टेलिश्रृंखलाको पहिलो भाग हो ।
चर्चित हाँस्य कलाकार शुसिला निरौला, हरिशा बानिया, भिम केसी, असिम कुमार कटवाल, भिमसेन गौतम, रेल कुमार तामाङ, निरोज खड्का, ज्योति कुमार थापा, सन्दिप थापा, लक्ष्मी उप्रेती, हिरशरण चौलागाई लगायतले अभिनय गरेका छन् भने यसलाई छायांकन रुकेश बरालले गरेका छन् ।

यस टेलिश्रृंखलालाई निर्देशन, सम्पादन तथा कथा लेखन नारायण मगरले गरेका छन् । यो टेलिश्रृंखलालाई असिम कुमार कटुवालको आफ्नै च्यानलबाट हेर्न सकिन्छ ।

भिडियो तल हेर्नुहोस्ः