नेकपा दोलखा जिल्लािले ९ वटै स्थानीय तहमा पार्टी कमिटी चयन, पूर्व एमालेले ५ र पूर्व माओवादीले ४ तहमा नेतृत्व गर्ने गरि सिफारिस

प्रकाशित मिति : शनिबार, मंसिर २२, २०७५

नेपाल कम्युनिष्ट पार्टी दोलखाले जिल्लाको ९ वटै स्थानीय तहको पार्टी कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ ।

तल्लो तहसम्मको पार्टी कमिटी एकिकरणका लागि गठन भएको अधिकार सम्पन्न कार्यदलले आज वेलुकी मात्रै ७ वटै गाउँपालिका र २ नगरपालिका गरी ९ वटै स्थानीय तहमा पार्टी कमिटीको अन्तिम टुँगो लगाएको हो ।

जस अनुसार एक नगरपालिका र ४ गाउँपालिकाको नेतृत्व पूर्व एमालेका नेताहरुले पाएका छन् भने एक नगरपालिका र ३ गाउँपालिकामा पूर्व माओवादीका नेताहरुले नेतृत्वको जिम्मेवारी पाएका छन् ।

९ स्थानीय तहमध्ये ५ वटामा पूर्व एमाले र ४ वटामा पूर्व माओवादीका नेताहरु पार्टी कमिटीको अध्यक्ष भएर नेतृत्व गर्ने भएका छन् । अध्यक्ष एमालेले पाएको स्थानमा सचिव माओवादीले र माओवादीले अध्यक्ष पाएको स्थानमा एमालेले सचिव पाएको छ ।

भीमेस्वर नगरपालिका तथा शैलुङ, मेलुङ र तामाकोशी गाउँपालिकाको नेतृत्व पूर्व एमालेले र जिरी नगरपालिका सहित बैतेस्वर, बिगु र कालिन्चोक गाउँपालिकाको नेतृत्व पूर्व माओवादीले पाएको छ ।

कार्य दलको निर्णय अनुसार भीमेस्वर नगरपालिकामा नेकपाको नगर अध्यक्षमा कुमार विस्वकर्मा र सचिवमा नरेन्द्र श्रेष्ठ तथा जिरी नगरपालिका पार्टी कमिटीको अध्यक्षमा नविन जिरेल र टपेन्द्र खड्काले पाएका छन् ।

जिरी नगर पार्टी कमिटीको अध्यक्षमा नेता गेल्वु शेर्पा सशक्त दावेदार रहेपनि पार्टी सचिवालय सदस्य समेत रहेका जिरेल सचिवालय छाडेर नगरमा जान तयार भएपछि उनैलाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।

गाउँपालिका र नगरपालिका स्तरीय कमिटी गठन गर्दा पूर्व एमाले र माओवादीले ५५/४५ को अनुपातलाई आधार मानेर चयन गरेका छन् । कार्य दलले चयन गरेको गाउँपालिका र नगरपालिका स्तरीय पार्टी कमिटीका अध्यक्ष, सचिव र सदस्यका नामावलीलाई भोली नैं प्रदेश कमिटीमा पेश गर्नेछ । प्रदेश कमिटीले अनुमोदन गरेपछि स्थानीय तहका पार्टी कमिटीहरुले बैद्यानिकरुपमा जिम्मेवारी पाउने छन् ।

यस्तै, बैतेस्वर गाउँपालिका पार्टी कमिटीको अध्यक्षमा माधवप्रसाद दाहाल र सचिवमा महेश पाख्रिन, कालिन्चोक गाउँपालिका कमिटीको अध्यक्षमा भक्त शिवाकोटी र सचिवमा डम्वर आचार्य तथा बिगु गाउँपालिका पार्टी कमिटीको अध्यक्षमा टेकमान तामाङ र सचिवमा लोकवहादुर नेपालीलाई जिम्मेवारी दिईएको छ ।

नेकपाको शैलुङ गाउँपालिका पार्टी कमिटीको अध्यक्षमा थिरवहादुर मोक्तान र सचिवमा पर्वत लामा, मेलुङ गाउँपालिका कमिटीको अध्यक्षमा अम्विका गोले र रमेश लामा, गौरीशँकर गाउँपालिका कमिटीको अध्यक्षमा जँग गुरुङ र सचिवमा युगवहादुर बस्नेत (बनकाईला) तथा तामाकोशी गाउँपालिका कमिटीको अध्यक्षमा नारायणध्वज खड्का र सचिवमा सुरेश उप्रेती चयन भएका छन् ।

नेकपाका केन्द्रिय सदस्य एवँ कार्यदलका सदस्य पार्वत गुरुङले सर्वसम्मतरुपमा गाउँपालिका र नगरपालिका स्तरीय पार्टी कमिटीको नामावली टुँगो लागेको जानकारी दिनुभयो । यस्तै, नेकपाकी केन्द्रिय सदस्य एवँ कार्य दलकी सदस्य देवी खड्काले पूर्व दुई पार्टीका स्थानीय कमिटीहरुवाट गरिएको शिफारिसकै आधारमा अध्यक्ष, सचिव रसदस्यको टुँगो लगाईएको बताउनुभयो ।

कार्य दलले ७५ सदस्यीय गाउँपालिका स्तरीय पार्टी कमिटी र ८१ सदस्यीय नगर कमिटी गठन गरेको छ । गाउँपालिका र नगरपालिका स्तरीय कमिटी गठन गर्दा पूर्व एमाले र माओवादीले ५५/४५ को अनुपातलाई आधार मानेर चयन गरेका छन् । कार्य दलले चयन गरेको गाउँपालिका र नगरपालिका स्तरीय पार्टी कमिटीका अध्यक्ष, सचिव र सदस्यका नामावलीलाई भोली नैं प्रदेश कमिटीमा पेश गर्नेछ ।

प्रदेश कमिटीले अनुमोदन गरेपछि स्थानीय तहका पार्टी कमिटीहरुले बैद्यानिकरुपमा जिम्मेवारी पाउने छन् ।

नेकपा दोलखाले यसअघि गत भदौ महिनामै १ सय ३५ सदस्यीय पार्टी जिल्ला कमिटी र ४५ सदस्यीय सचिवालय सदस्यको नाम सर्वसम्मत रुपमा चयन गरी पार्टी केन्द्रिय सचिवालयमा पेश गरिसकेको छ ।