रोल्पाका किसानले खाद्यान्न बिउ वालीको उचित मुल्य पाएनन्

घनश्याम के.सी , रोल्पा प्रकाशित मिति : शनिबार, मंसिर २२, २०७५

नेपाल उद्योग वाणिज्य महासंघ ( कृषि उद्यम केन्द्र) र रोल्पा उद्योग वाणिज्य संघ रोल्पा को आयोजनामा किशानका लागी उन्नत बिउबिजन कार्यक्रम ( केयूबिके)को सहाकार्य मा जिल्ला स्तरमा खाद्यान्न तथा तरकारी वाली को उन्नत बिउमुल्य श्रृङ्खालाको समग्र बिषयमा बहुसरोकार वाला मन्च गोष्ठी किशान,कृषक सहकारी,समुह र लुम्बीनी सीड कम्पनी प्रा.ली.बिच मुल्य निर्धारण भएको छ ।

कृषिप्रदान देशमा किशानले दिनरात श्रमगरेर उत्पादन गरेको अनाज खाद्यान्न बालीले श्रम र लगानी को उचित मुल्य भने पाएन ।

किशान आफ्नो पेशाप्रति खुसी भएनन् मुल्य नपाउदा तर सबैको एउटै निष्कर्ष थियो बजारीकरण र राज्यले कीसानका लागी उचित ब्यबस्था नमिलाउनु ।लुम्बीनी सीड कम्पनी प्रा.ली.का अध्यक्ष सुभास उपाध्यायले चाहेर पनी कीसानले उत्पादन गरेको खाद्यान्न बिउ वालीको मुल्य धेरै राखेर खरीद गर्न नसक्ने आफुले धेरैमुल्यमा खरीद गरेमा आफुले कम मुल्यमा बिक्री गर्नुपर्ने स्थीतीपैदा हुदा घाटा लाग्ने बताए भने किसान ले मुल्य बढाउन आग्रह गरेका थिए बजार मा अन्य सामानको मुल्य दीनप्रतिदिन बृद्घी भइरहेको जहीलेपनी जुनसुकै क्षेत्रबाट दबाइने गरेको अबस्था छ । निरासापन आएको बताएका थिए भने यो बर्षको मुल्य गत बर्ष को निर्धारण गरीएको छ ।

मकै मुल बिउ १ किलो रु ६०,मकै मनकामना ( ३ ) १ किलो रु ४७ ,धान १ किलो रु ५०, गहु स्वर्गद्घारी १ किलो रु ४५ र धप रु ४० रुपैया कायम गरीयो ।

संकलन केन्द्र होलेरी,घर्तिगाउ, माडिचौर र लिबाङ स्थान छनौट भएको छ । रोल्पामा धान,मकै,गहू बिउ ५४ मेट्रीक्टन उत्पादन भएको जानकारिगराइएको थियो ।

उक्त कार्यक्रम को अध्यक्षता रोल्पा उद्योग बाणिज्य संघ कार्यबाहक अध्यक्ष रामचन्द्र थापा ,प्रमुख अतिथी नेपाल उद्योग बाणिज्य महासंघ का केन्द्रीय सदस्य किशोर कुमार आचार्य, बिशीष्ट अतिथी जिल्ला समन्वय समिति कार्यबाहक प्रमुख कर्मलाल परीयार,कृषि ज्ञान केन्द्र प्रमुख नरेस धिताल,भेटेनरी अस्पतालका प्रमुख डाक्टर धर्मराज गिरी,लुम्बीनी सीड कम्पनी प्रा.ली. का अध्यक्ष सुभास उपाध्याय, केयूबिके सल्यान का धर्मराज बोहरा ,पत्रकार,किसानहरुको उपस्थीती रहेको थियो ।