चर्चित भारतीय गायक मिका सिंह दुबईमा पक्राउ

प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५

काठमाडौं/ भारतीय  गायक मिका सिंह पक्राउ परेका छन्।

सि‌ंह दुबईबाट पक्राउ परेका हुन्। उनलाई अहिले अबुधावी जेलमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीमाथि युवतीलाई अस्लिल तस्बिर पठाएको आरोप छ। तर  कहिले पठाएका हुन् र ती युवती कहाँकी हुन् भन्नेबारेमा भने अनुसन्धान भइरहेको बताइएको छ।

बेलाबेलामा विवादमा आइरहने मिका सिंह एक पटक भारतीय आइटम गर्ल राखी सावन्तलाई किस गरेको आरोपमा पनि पक्राउ परेका थिए। सो घटनामा माफी मागेपछि उनलाई छोडिएको थियो।