चर्चित गायक रुकमान लिम्बुको सालैजो ‘कोईलीमा चरीले’ बजारमा

देवी खनाल

प्रकाशित मिति : बिहिबार, मंसिर २०, २०७५

काठमाडौँ/ तिमी पारी म वारी, पैसाले मान्छेलाई किन्छु नभन जस्ता दर्जनौ चर्चित सुगम संगित तथा विभिन्न नेपाली चलचित्रमा समेत आफ्नो स्वर दिइसकेका चर्चित गायक तथा मोडल रुकमान लिम्बुको  ‘कोईलीमा चरीले’ बोलको नयाँ सालैजो गीत बजारमा आएको छ ।

लिम्बुको आवाजमा रहेको सालैजो गीत  ‘कोईलीमा चरीले’ बोलको गीतमा शब्द बसन्त वित्यासी र संगीत शशी गुरुङ वाङदेलको रहेको छ । रुवुशा कृएटिभ वक्र्सको प्रस्तुति रहेको गीतको भिडियोमा गायक स्वयं रुकमान लिम्बुको दमदार अभिनय रहेको छ भने उनलाई नायीका तथा मोडल रेखा फागो र राम गुरुङले साथ दिएका छन् ।

भिडियोलाई अहिलेका व्यस्त निर्देशन युगल पोमो लिम्बूले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने छायांकनमा बुद्ध थापाको टिम रहेको छ भने सम्पादन विकास दाहालको रहेको छ ।

भिडियो तल हेर्नुहोस्