अल्लारे बैंस थाम्न नसक्दा १३ बर्से बालिका भईन गर्भवती

प्रकाशित मिति : बिहिबार, मंसिर २०, २०७५

पोखरा/ सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो, तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सामान्य हाँसखेल भयो, केटाले अरुसँगै बिहे गरिदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुवैको सहमतिमै  सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुवै जनालाई अहिले अप्ठेरोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्, ‘हामीबीच प्रेमसम्बन्ध थियो, हामी एक अर्कालाई छाड्न सक्दैनौँ ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफूले बच्चा जन्म दिने बताइन् ।