नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)को प्रेस विज्ञप्ति

प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) को

प्रेस विज्ञप्ति

एसिया प्यासिफिक समिट २०१८ काठमाडौंमा सम्पन्न भएको छ । राजनैतिक आवरणमा धार्मिक गतिविधिको लागि आयोजना भएको उक्त प्यासिफिक समिटले नेपाली जनतामा राम्रो प्रभाव नपरेको स्पष्ट नै छ । नेपाल लामो संघर्ष पश्चात धर्म निरपेक्षता भएको छ । धर्म निरपेक्षताको अर्थ सरकार, व्यक्ति वा संस्था जो सुकैलाई जबरजस्ती धर्मको प्रभाव बढाउने भन्ने होइन ।

धर्म निरपेक्षता सम्बन्धी माओवादी मान्यता धर्म मान्न पाउने तर धर्मको नाममा राजनीति गर्न नपाउने, एउटै धर्मलाई राज्यले संरक्षण गर्न नहुने, राज्यको अगाडी सबै धर्म समान हुने नीति हो । नेपालको संविधानले पनि यहि उल्लेख गरेको छ । संविधान विपरित देशको कार्यकारी प्रधानमन्त्री, राजनैतिक दलका नेता कार्यकता? स्थानीय निकायका प्रतिनिधिहरु मूलतः धार्मिक उद्देश्यमा सञ्चालित कार्यक्रममा सहभागी भईरहँदा नेपाली जनतामा राम्रो सन्देश नगएको निश्चित छ ।

सरकार प्रमुख स्वयंले मन्त्री परिषदको आचारसंहिता विपरित धार्मिक संस्थाको पुरस्कार ग्रहण गर्नुले देश र सरकारको गरिमामा गम्भिर असर परेको छ । आज बिडम्बना चाहे हिन्दु राज्य पुनस्र्थापनाको नाममा होस् चाहे क्रिश्चियन धर्मको नाममा होस्, चाहे फ्रि तिब्बतको नाममा नेपालमा एनजिओ आइएनजिओको नाममा केही प्रधानमन्त्री, मन्त्री र नेतालाई प्रभाव पारी धर्म प्रचार गरिरहेका छन् यसले १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धीहरु खोसिन सक्ने खतरा बढेको देखिन्छ ।

जातीय सद्भाव विथोल्ने, शान्ति खल्बल्याउने र राष्ट्रियतामा आँच आउने गतिविधिहरु प्रति नेकपा (माओवादी केन्द्र) घोर भत्र्सना गर्दछ साथै समाजवाद स्थापना र राष्ट्रियताको रक्षा गर्न सचेत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, नागरिक समाज एकजुट हुन अनुरोध गर्दछौं ।

कर्णजीत बुढाथोकी (सुशिल)
महासचिव

मिति : २०७५/८/१८