हरियो प्याज क्यान्सर र बाथरोग प्रतिरोधी

देवी खनाल

प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५

काठमाडौं/ नेपालीहरुको भान्सामा हरियो प्याज निकै लोकप्रिय छ । तरकारी पकाउँदा सिजन अनुसार हरियो प्याज मिसाएर पकाउने गरिन्छ । हरियो प्याज स्वास्थ्यका दृष्टिकोणले निकै लाभदायक मानिन्छ । हरियो प्याज जिब्रोको स्वादका खाने गरिएको भए पनि पछिल्लो चरणमा स्वास्थ्यका लागि पनि लाभदायक तथा क्यान्सर प्रतिरोधी भएको पत्ता लगाइएको छ । साथै बाथरोगको समेत उपचार भएको कुरा अध्ययनले पत्ता लागेको हो ।

प्याजमा क्यालोरी कम हुन्छ र सल्फरको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यको लागि धेरै लाभदायक छ । यसमा पाइने पेक्टिन नामक पदार्थ क्यान्सर जस्ता भयानक रोगबाट बचाउन उपोगी हुन्छ । हरियो प्याजको प्रयोग चीनमा प्राचिन समयमा औषधिहरुमा गरिँदै आएको पाइन्छ । यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी २, कपर, म्याग्नेसियम, पोटासियम, म्याग्निज आदी भरपुर मात्रामा हुन्छ ।
१. आँखा स्वास्थ्य
प्याजको पत्ताको सेवन आँखाको लागि धेरै लाभदायक छ । यसले आँखाको ज्योती बढाउन सहयोग गर्छ ।
२. स्वस्थ मुटु
एन्टी अक्सिडेन्टले भरपुर हरियो प्याजको पत्ताले डिएनएमा क्षति हुनबाट बचाउँछ । यस बाहेक यसमा पाइने भिटामिन सीले रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गरेर मुटुको रोगबाट बचाउँछ ।
३. मधुमेह नियन्त्रण
जुन मानिसलाई मधुमेहको रोग छ उनीहरुको लागि प्याजको पत्ता सेवन गर्नु धेरै फाइदाजनक हुन्छ । यसमा पर्याप्त मात्रामा सल्फर हुन्छ जसले इन्सुलिनको स्तरलाई सन्तुलित बनाइराख्छ ।
४. क्यान्सरको रोकथाम
प्याजको पत्ताले शरीरमा क्यान्सर सेल बढ्नबाट रोक्छ । यसको सेवन गर्नाले क्यान्सर हुने खतरा कम हुन्छ ।
५. हड्डी बनाउँछ मजबुत
भिटामिन सी र के जस्ता तत्वले भरपुर प्याजको पत्ताले हड्डीहरुको क्रियाशिलतालाई बढाइराख्ने काम पनि गर्छ । यसले हड्डीहरु मजबुत बनिरहन्छ ।