सागर आले र आशा थापाको स्वरमा उत्कृष्ट सालैजो गीत ‘बाडुल्की कुक्क’ लोकप्रिय बन्दै

प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५

काठमाडौँर – गोरखा मनकामनामा जन्मेर हाल काठमाडौंमा बसोवास गर्दै आउनुभएको, देशको सेवा गर्दै, गीत संगीतलाई माया गर्दै आउनुभएको आशा थापा आफू सरकारी जागिरे भएर पनि बेला बेला गीत संगीतमा अगाडि बढिरहनु भएको छ ।

विभिन्न कठिनाइका कारण निरन्तरता दिन नसके पनि बेला बेलामा सांगितिक यात्रामा लागिरहनुभएको छ । जागिरबाट बचेको समयलाई आफ्नो सांगितिक यात्रामा लगानी गर्दै आउनुभएकी आशा थापाले नयाँ गीत सालैजो ‘बाडुल्की कुक्क’ बजारमा ल्याउनु भएको छ ।

सानै उमेरदेखि कलाकारिता क्षेत्रमा भाग लिँदै कला क्षेत्रलाई मायाँ गर्दै आउनु भएकी आशा थापाको अतिनै मन छुने रमाइलो गीत बाडुल्की कुक्कमा शिव हमालको शब्द, हेमन्त आलेको लय, डोलराज घले मगरको एरेन्ज तथा आशा थापा र सागर आलेको सुमधुर स्वर रहेको छ ।

मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियोलाई भने बरिष्ठ निर्देशक याम गुरुङले निर्देशन गरेका छन बाशु बरालको छांयाकन रहेको भिडियोलाई मिन रावलले सम्पादन गरेका छन यो भिडियोमा अहिलेकी चर्चित मोडल रीना थापा र याम गुरुङ स्वयमको अभिनय हेर्न सकिन्छ  ।

यो भिडियोलाई सम्पूर्ण फिल्मसले निर्माण गरेको हो । भिडियो आशा थापाको आफ्नै युट्युव च्यानलबाट बजारमा ल्याइएको छ ।