उपराष्ट्रपति पुन को गृहजिल्ला अन्यायमा मुख्य नेतृत्वलाइ थाहा छैन

घनश्याम के.सी. रोल्पा प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५

रोल्पा लाइ फेरी अन्यायमा परीएको छ । देशको मुहारफेर्ने अभियान को थालनी २०५२ साल फाल्गुन १ गते तत्कालीन माओवादी ले शशस्त्र संघर्ष जनयुद्घ हतियार मार्फत गरेको थियो । उक्त जनयुद्घ २०६२ ÷०६३ को दाश्रो जनआन्दोलन बाट टुङ्गो लागाइयो त्यस रोल्पाली जनता धैरै ले वलीदानी दिए थुप्रै घाइते आपाङ्ग , बेपत्तामा परे र सम्बीधान सभा मार्फत देश र जनतालाइ अधिकार सम्पन्न बनाइयो तर संघियताले रोल्पाद्घारा त्याग, तपस्या ,बलीदान ,परीवर्तत र अधीकार सम्पन्न गराएको बिर्सीयो त्यसैकारण रोल्पाका केही सरकारी कार्यालय प्यूठान र दाङमा सुटुक्क सारीयो ।

त्यसकारण मंसीर १८ गते ५ नं. प्रदेश सदस्य दिपेन्द्र कुमार पुन,जिल्ला समन्वय समिती रोल्पा प्रमुख राज बहादुर बुढा ,उधोग बाणिज्य संघ अध्यक्ष बिश्वकुमार चन्द ,पुर्बमन्त्री नेता लेखनाथ आचार्य, नेकपा अध्यक्ष सुरेन्द्र थापा घर्ति,नेपाली काग्रेस कार्यबाहक सभापती किशोर कुमार आचार्य,नेपाल पत्रकार महासंघ अध्यक्ष महेश न्यौपाने,गैसस बाट कर्मलाल परीयार,राप्रपा प्रजातान्त्रीक अध्यक्ष अमर बहादुर थापा,निर्माण ब्यबसायि मानसिङ डागी सहीत को एक टोली जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरु अन्यत्र सारिएको विरोधमा डेलिगेशन गएका छन । जिल्लामा रहेको विभिन्न सरकारी कार्यालयहरु यथा स्थान रोल्पामै हुनु पर्ने माग गर्दै उनिहरु प्रदेश कार्यालय वुटवलमा डेलिगेसन गएका हुन ।

प्रदेश सरकार मातहत रहने कार्यालयहरु शहरी विकास तथा भवन डिजिभन कार्यालय, जिल्ला प्राबिधिक कार्यालय, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला भू–संरक्षण कार्यालय रोल्पा वाट अन्यत्र सारिने तयारी भइरहेको छ । यसले रोल्पा र रोल्पालीहरुको संवृद्धिका लागी असर पर्ने भन्दै सो कार्य तत्काल रोक्न माग गर्र््दै प्रदेश कार्यालयको ध्यानाकर्षण गराउने टोलीको भनाई रहेको छ ।

जिल्ला समन्वय समिती, जिल्ला स्थित कृयाशिल विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, उद्योग वाणिज्य संघ लगाएत सम्मिलित टोली बुटवल तर्फ आजै प्रस्थान गरेको हो । प्रदेश कार्यालयद्धारा अन्यन्त्र सारिएको कार्यालयको विषयमा रोल्पाका विभिन्न नेतृत्वहरुलाई बुझ्न खोज्दा आफुलाई केही जानकारी नभएको प्रकृतिया दिए पश्चात झनै रुष्ट भनेको टोलीले आफुहरुको माग पुरा नभए चरण वद्ध आन्दोलन गर्ने समेत जनाएको छ ।

उपराष्ट्रपति नन्द बहादुर पुन,सभामुख कृष्ण बहादुर महरा, उर्जाजलश्रोत तथा सीचाइमन्त्री बर्षमान पुन, पुर्व सभामुख ओनसरी घर्ती, ५ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद केसी, प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजल, स्वास्थ्य तथा शिक्षा समिती संयोजक जयपुरी घर्ति लगाएतका नेतृत्वलाई कार्यालय सारिएको बारेमा जानकारी लिन खोज्दा आफुलाई कुनै जानकारी नभएको स्वयम नेताहरुले नै बताए पछि डेलिगेसन गएको टोली झनै रुष्ट बनेका छन ।

रोल्पाले नेतृत्व मात्र जन्माएको तर सुविधा र पहुँच रोल्पा भन्दा बाहिर जाँदा समेत मुकदर्शन बनेर वसेकोमा रोल्पालीहरु यतिवेला आक्रोशित बनेका छन । यदि रोल्पा वाट सारिन लागेका कार्यालयहरु रोल्पामै नरहे चरणवद्ध आन्दोलनमा उत्रिने समेत विभिन्न राजनितीकदल, नागरिक समाज, उद्योगि व्यवसायी लगाएतले घोषणा समेत गरि सकेका छन ।