काम उहि नाम फरकः वन कार्यालय रोल्पाको ?

घनश्याम के सी रोल्पा

प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५

जिल्ला वन कार्यालय रोल्पा फरक नामका साथ रहेको छ ।नेपाल सरकार प्रदेश नम्बर ५ उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तरगत डिभिजन वन कार्यालय लिवाङ रोल्पा भई रहेको हो ।

केहि महिना पहिले उक्त कार्यालय रहने कि नरहने भनेर अन्यौलता सिर्जना भएको थियो भने अब ईलाका वन कार्यालय को नाम र ठाऊ केहि हेरफेर समेत भएको छ ।

जसअनुसार रोल्पा नगर पालिका को मेवाङ सव डिभिजन वन कार्यालय ,परीवर्तन,थबाङ र गंगादेब गाउपालकिा को जलजला सव डिभिजन वन कार्यालय पुतलाचौर,रुण्टीगढी गाउपालीका को होलेरी सव डिभिजन वन कार्यालय ,माडि गाउपालीको घर्तिगाउ सव डिभिजन वन कार्यालय ,त्रिवेणि गाउपालीका को नेर्पा सव डिभिजन वन कार्यालय जुगार ,थवाङ र सुनछहरी गाउपालीका को पोवाङ सव डिभिजन वन कार्यालय ,सुनिल स्मृति गाउपालकिा को सुलीचौर सव डिभिजन वन कार्यालय र लुङ्र्गी गाउपालीको किलाचौर सव डिभिजन वन कार्यालय रहेका छन् ।

डिभिजन वन कार्यालय ले अनुगमन गर्नेछ । बिभीन्न बिभिन्न वन पैदावार, नदीजन्य बस्तु ,काठ ,जडिबुटी, लगाएत अन्य बस्तुको निकासी पैठारी गर्दा इजाजत लिनुपर्ने छ ।

डिभिजन वन कार्यालय रोल्पाले गर्ने वन सम्बन्धी काम यथावत पुरानै रहेको नया ऐन बनिरहेको हुदा नया ऐन आएमा केहि फेरबदल थप हुन सक्ने सवडिभिजन वन कार्यालय रोल्पा ले वतायो । साथै नया डिभिजन वन अधिकृत कृष्ण प्रसाद ढकाल आउनु भएको छ ।

भने उहाले होलेरी र नेर्पा सव डिभीजन वन कार्याल रोल्पा को निरीक्षण भ्रमण गर्ने क्रममा भवन नभएको हुदा भबन बनाउनतर्फ लाग्ने र जुगार नेर्पा को गल्मन डाडा मा बृक्षारोपन गर्नुपर्ने माग स्थानिय र सम्बन्धीत सरोकार वाला निकाय बाट आएको ले बृक्षारोपन गराउने तर्फ ध्यानकेन्द्रीत भएको बताउनु भयो ।

त्यसैगरी जिल्ला को समग्र वन क्षेत्रको अबस्था के कस्तो रहेको छ त्यसको अनुगमन गर्ने। त्रिवेणि गाउपालीको बुढागाउमा रहेको सिमेन्ट उधोग वन क्षेत्रमा रहे नरहेको त्यसको निरीक्षण गर्ने, स्थानीय सामुदायिक वन को अबस्था र खाली रहेको बन क्षेत्रमा बृक्षारोपन गर्नतर्फ लाग्ने डिभिजन वन कार्यालय रोल्पा , डिभिजन वन अधिकृत कृष्ण प्रसाद ढकाल बताउनु हुन्छ ।