परिनितिले विहेमा जुत्ता लुकाए बापत पाँच लाख डलर माग गरिन

प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५

बलिउड अभिनेत्री प्रियंका चोपडाको बिहेमा उनकी बहिनी परिणिती चोपडाले भिनाजु निक जोनससँग जुत्ता लुकाइदिएवापत ५ लाख डलर (५ करोड नेपाली रुपैयाँभन्दा बढी) मागेको खबर सार्वजनिक भएको छ । सामाजिक संजालमा भाइरल भइरहेको खबरअनुसार परिणितीले ५ लाख डलर मागे पनि निकले कति पैसा दिए भन्ने कुरा भने अझैसम्म खुलेको छैन ।

यसअघि आइतबार बेलुका उम्मेद भवन महलको स्टाफ गेटजनिकैको बगैंचाबाट निकको जन्ती हिँडे । निकले हिदू रिवाजअनुसार शेरवानी र चुडीदार पाइजामा लगाएका थिए । उनले साफा लगाएर कम्मरमा तरवार पनि राखे । देशी विदेशी जन्तीले नाच्दै गाउँदै महल परिक्रमा गरेका थिए । वधु पक्षका तर्फबाट प्रियंकाकी आमा मधुले जन्तीको स्वागत गरेकी थिइन् । आइतबार यी दुईको हिन्दू रिवाजअनुसार विवाह भयो । यसअघि यी दुईको क्रिस्चियन रिवाजअनुसार विवाह भएको थियो ।