आशा थापाको सालजो ‘बाडुल्की कुक्क’ सार्बजनिक (भिडियो सहित)

प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५

काठमाडौँ/ गोरखा मनकामनामा जन्मेर हाल काठमाडौंमा बसोवास गर्दै आउनुभएको, देशको सेवा गर्दै, गीत संगीतलाई माया गर्दै आउनुभएको आशा थापा आफू सरकारी जागिरे भएर पनि बेला बेला गीत संगीतमा अगाडि बढिरहनु भएको छ । विभिन्न कठिनाइका कारण निरन्तरता दिन नसके पनि बेला बेलामा सांगितिक यात्रामा लागिरहनुभएको छ । जागिरबाट बचेको समयलाई आफ्नो सांगितिक यात्रामा लगानी गर्दै आउनुभएकी आशा थापाले नयाँ गीत सालैजो ‘बाडुल्की कुक्क’ बजारमा ल्याउनु भएको छ ।

सानै उमेरदेखि कलाकारिता क्षेत्रमा भाग लिँदै कला क्षेत्रलाई मायाँ गर्दै आउनु भएकी आशा थापाको अतिनै मन छुने गीत बाडुल्की कुक्कमा शिव हमालको शब्द, हेमन्त आलेको लय, डोलराज घले मगरको एरेन्ज तथा आशा थापा र सागर आलेको सुमधुर स्वर रहेको छ । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीत आशा थापाको युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।