अमेरिका पुग्ने सपनाले २३ नेपाली नाइजेरियामा यो हालत छन्

प्रकाशित मिति : सोमवार, मंसिर १७, २०७५

एजेन्सी । जसरीपनि अमेरीका पुग्ने भुत चढेपछि नेपालीलेपनि अनेकौँ उपाय अपनाउने गरेका छन् । यही उपाय अपनाउँदै अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

बिचल्ली पारिएकामध्ये बागलुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरुरुलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन् ।

रवीन्द्रका अनुसार उनीहरु सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ । आजको कान्तिपुर दैनिकको पृष्ठ २ मा समाचार छापिएको छ ।

३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन् उनीहरुले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राय गरिएको थाहा पाएको छु रवीन्द्रले भने ।

बिविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाइृ बुझाएका थिए । सिल्भर फोइलले बेरिएर, कन्टेनरमा बसेर विदेश जान लागेका थिए यी सात व्यक्ति विदेश जाने इच्छा धेरैलाई हुन्छ ।

यसका लागि कतिले वैधानिक तरिका अपनाउँछन् त कतिले अचम्मको अवैधानिक तरिका अपनाउने गर्दछन् ।                                   यस्तैमा इराकका मानिसहरुले टर्की पुग्नका लागि एक अचम्मको तरिका अपनाएका छन् ।                                                        स्मरण रहोस्, इराकमा अमेरिकी हमला र आइएसआइएसको उदयपछि इराकको स्थिती नाजुक छ ।

यस्तोमा थुप्रै मानिसहरु इराक छोडेर अन्य देश जाने कोसिसमा छन् । इराक छोडेर अन्य देश जाने मानिसहरुका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य टर्की हो किनभने यहाँबाट युरोप जान पनि निकै सजिलो हुन्छ ।

यद्यपी, कानूनी तरिकाले इराकीलाई टर्कीमा प्रवेश पाउन त्यति सजिलो छैन । त्यसकारण मानिसहरु गैरकानूनी तरिकाले प्रवेश गर्ने कोसिस गर्छन् ।                                                                                                                                                                त्यसकारण इराकका सात व्यक्ति टर्कीमा प्रवेशका लागि आफूलाई एल्मुनियम फोइलले पूर्ण रुपमा ढाकेर शिपिंग कन्टेनरभित्र बसे ।

तर उनीहरुको योजना पूर्ण रुपमा असफल भएको छ । डेली मेलका अनुसार टर्कीको इस्तान्बुलको पेन्डिंक पोर्टमा यो लरीको अनुसन्धान गरियो ।

कन्टेनरको तौल कागजातमा लेखिएको तौलभन्दा धेरै भएपछि अधिकारीलाई शंका लाग्यो जसका कारण कन्टेनर खोलेर अनुसन्धान गरियो ।

कन्टेनर खोल्दा यी इराकी सिल्भर फोइलले बेरिएको अवस्थामा भेटिए । लरी ड्राइभरसहित सबैलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।