चार वर्षमा आर्थिक विकासमा देशले फड्को मार्छ : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति : शनिबार, मंसिर १५, २०७५

धादिङ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले एक वर्षभित्र विकासका केही काम गरेको र अबको चार वर्षमा आर्थिक विकासमा देशले फड्को मार्ने बताएका छन् ।

बेनिघाटरोराङ गाउँपालिका–५ चरौँदीमा कृषि पर्यटन तथा औद्योगिक मेलाको आज उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । उनले अबका दश वर्ष आर्थिक विकास गर्ने योजना बनाइएकाले सबैलाई यसतर्फ क्रियाशील हुन आग्रह मेत गरे ।

धादिङ जिल्लाका सबै गाउँपालिकामा पक्की सडक बनाइने, बूढीगण्डकी जलविद्युत्लाई छिट्टै निर्माण शुरु गरेर देशको विकासमा टेवा पु¥याइने, चाइनाको सिगात्सेबाट आउने रेल रसुवा, धादिङ हुँदै लुम्बिनी पु¥याइने, तरकारी सुपरजोनका रुपमा जिल्लालाई विकास गर्ने योजना पूर्वप्रधानमन्त्री प्रचण्डले सुनाए ।

सांसद खेमप्रसाद लोहनी, भूमिप्रसाद त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेललगायतले शुभकामना दिएका थिए ।

नेकपाका अध्यक्ष प्रचण्ड आउने र सम्बोधन गर्ने जानकारी पाएपछि जिल्लाको चेपाङहरुसमेत हजारौँको सङ्ख्यामा सहभागी थिए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १५० स्टल छन् ।