अखिल नेपाल निर्माण मजदुर संघ प्रदेश नं. १ मातहतमा रहेका सुनसरी जिल्ला कमिटी गठन

प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०७५

अखिल नेपाल निर्माण मजदुर संघ प्रदेश नं. १ मातहतमा रहेका सुनसरी जिल्ला कमिटीको अध्यक्ष ईलियास अन्सारीको अध्यक्षतामा बसेको बैठकमा छलफल गर्दा पुर्ब जिल्ला कमिटी उपाध्यक्ष शिशिर बाँनियाले एक ब्यक्ती एक पद भन्ने अवधारणलाई मुर्त रुप दिनको लागि र बैयक्तिक कार्य ब्यस्तताले गर्दा आफू उक्त पदमा रहि कार्य सम्पादन गर्न असर्मर्थ रहेको कुरा यसै जिल्ला कमिटिको छलफलमा जानकारी गराउनु भयो।

त्यहिँ पद पुर्तीका लागि उक्त जिल्ला समितिमा थप एकजना ईटहरी उपमहानगर पालिका कमिटीका अध्यक्ष गोपाल जोगीलाई सुनसरी जिल्ला कमिटी उपाध्यक्ष पदमा पदोन्नति गर्ने निर्णय गरियो। अन्य पदाधिकारी र कार्यसमिती सदस्यहरु यथावत रहने कुराको पनि निर्णय गरियो।

नयाँ कार्य समिती निम्नानुसारको नामवली समाबेश गरिएको छ।
१. अध्यक्ष – ईलियस अन्सारी
२. उपाध्यक्ष – गोपाल जोगी
३. उपाध्यक्ष – शंखराम राई
४. सचिव – राज कुमार राई
५. सहसचिव – दुर्ग बहादुर राई
६. कोषाध्यक्ष – मो. ईसाक अन्सारी
७. सदस्य – दुर्गा प्रधान
८. सदस्य – कैजुम मिया
९. सदस्य – कालू नेम्बाङ्ग
१०. सदस्य – किसन सरदार
११. सदस्य – शिव शरण सरदार