सबै बिदेशी मुद्राको मुल्य घट्यो अमेरिकी डलरसहित

प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०७५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको (कात्तिक १४) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ४५ पैसा तोकेको छ ।

यसैगरी बिक्री मूल्य भने ११२ रुपैयाँ ५ पैसा रहेको छ । एक युरोको खरिददर १२६ रुपैयाँ ५४ पैसा छ भने बिक्रीदर १२७ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४३ रुपैयाँ १ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३५ पैसा रहेको छ ।